ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

माघभरी महोत्सव

१ माघ २०७५, मंगलवार
१ माघ २०७५, मंगलवार

जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन, संस्कृती र खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनका लागि भन्दै मेला महोत्सव गर्नेको ताती लाग्न थालेको छ । स्थानीय सरकार, विभिन्न संघ संस्था देखी व्यक्तिगत लगानीमा समेत यस्ता मेला महोत्सव संचालन हुने भएका छन । माघ २ गतेवाट सुरु भएको महोत्सव माघ मसान्त सम्म चल्ने भएको छ ।
माघ २ गते रोल्पा नगरपालिका माडीचौरमा माघी महोत्सवको नाममा सुरु हुने उक्त महोत्सव चतुरभुज महोत्सवको नाममा माघ मसान्त पछि खुंग्रीमा पुगेर समापन हुनेछ । महोत्सव उद्घाटन गर्न प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा रोल्पावाट निर्वाचित जनप्रतिनिधिको लावालस्कर रोल्पा आउने तयारीमा रहेका छन ।
उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले माघ २ गते माडीचौरमा हुने माघी महोत्सव उद्घाटन गर्ने भएका छन । मन्त्री पुन संगै पूर्व सभामुख ओनसरी घर्ती लगायतका जनप्रतिनिधि पनि सहभागी हुने वताइएको छ । विगत केही वर्ष यता निरन्तर रुपले सोही मितिमा चल्दै आएको उक्त महोत्सवलाई यस वर्ष विगतमा झै खासै प्रचार प्रसार भने गरिएको छैन । यस पुर्व सो महोत्सव उप राष्ट्रपति नन्दवहादुर पुन र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यता रहे पनि यस वर्ष भने संघीय सरकारका मन्त्रीले उद्घाटन गर्ने भएका छन । तत्कालिन माओवादी पार्टी संग महोत्सवलाई जोडेर हेरिने गरेका कारण पार्टी विशेषको महोत्सव भन्दै आलोचना समेत खेप्दै आएको छ । दुई वाम पार्टी एकीकरण पछि पछि पहिलो पटक हुन लागेको सो महोत्सवमा खासै रौनकता भने देखिएको छैन ।
यसैगरि माघ ३ गते उत्तरी रोल्पाको थबाङ गाउँपालिकाले अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजना गरेको छ । महिला तथा पुरुष खुला भलिवल प्रतियोगिता हुने उक्त महोत्सवलाई उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले उद्घाटन गर्ने वताइएको छ । भलिवलको क्षेत्रमा जिल्लामा हाल सम्मकै ठूलो रासी पुरस्कार सहित उक्त प्रतियोगिता आयोजना हुन लागेको वताइएको छ । गाउँपालिकाले आयोजना गर्ने उक्त अध्यक्ष कप भलिवल प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १ लाख ५० हजार १ लाख र ५० हजार पुरस्कारको व्यवस्था गरिएको थवाङ गाउँपालिकाले जनाएको छ । उक्त प्रतियोगिता साताव्यापी चल्ने वताईन्छ ।
यसैगरि जिल्लाको सुनिल स्मृती गाउँपालिका सुलिचौरमा माघ १८ देखी २४ सम्म रोल्पा उद्योग वाणिज्य संघले दोश्रो रोल्पा महोत्सवको आयोजना गर्न लागेको छ । महोत्सवलाई सभामुख कृष्णवहादुर महराले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा वहालवाला र पूर्व जनप्रतिनिधिहरुको आतिथ्यता रहने आयोजक समितिका संयोजक विश्वकुमार चन्दले जानकारी दिए । महोत्सव अवधिभर ६० हजार वढीले अवलोकन गरि २ करोड वढीको कारोवार हुने रोल्पा उद्योग वाणिज्य संघले आशा गरेको छ । महोत्सवलाई सवै पक्षको सहभागितामा सम्पन्न गर्ने तयारी भईरहेको वताइएको छ । सर्वपक्षिय सहभागितामा २ सय २३ सदस्यीय मुल आयोजक समिति वनाएर कामको थालनी गरेका छौ रोल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवकुमार आचार्यले जानकारी दिए ।
माघ २५ देखी साताव्यापी रुपमा पूर्वी रोल्पाको खुंग्रीमा चतुरभुज महोत्सव संचालन गर्ने तयारी भईरहेको छ । स्थानीय व्यापारी ईमानसिं विष्टको अगुवाईमा हुने उक्त महोत्सवको समेत जिल्लामा प्रचार प्रसार भईरहेको वताइएको छ । पूर्वी क्षेत्रको कृषि, व्यापार, कला संस्कृती र पर्यटनको विकासका लागी आफुहरुले उक्त महोत्सव आयोजना गर्न थालेको ईमान विष्टको भनाई छ ।
ठूलो धन रासी खर्च गरेर मेला महोत्सव आयोजना गरि पनि त्यसको उपलव्धीको वारेमा भने अहिले सम्म छलफल नभएको स्थानीयहरुले गुनासो गरेका छन । मेला महोत्सवको आर्थिक पारदर्सिता तथा मेलावाट प्राप्त भएका उपलव्धीहरुको समीक्षा गर्ने पारिपाटीको सिर्जना गर्न सके नागरिकहरुमा विश्वसनियता वढ्न सक्छ नागरिक अगुवा तीर्था आचार्यले भनिन ।
लामो समय सम्म हुने मेला महोत्सवले विद्यालयको पठन पाठनलाई प्रभावित पारिरहे पनि यस विषयका कसैको ध्यान नपुगेको अभिभावकहरुले गुनासो गरेका छन । विद्यार्थीलाई लक्षित गरेर भेला महोत्सव गरिने चलन वढ्दै जान थालेको वाल कल्याण नमूना मावि विद्यालय व्यवस्थापन समितिका सदस्य जीतवहादुर डागीले भने । ¥याली, पिटी परेट तथा सांस्कृतिक कार्यक्रमहरुमा विद्यार्थी प्रयोग गर्दा उनीहरुको पढाई प्रभावित हुदै आएको छ सदस्य डागीले भने । विद्यालय नजिक हुने मेला महोत्सवले लामो समय सम्म पठन पाठन प्रभावित हुदै आएकाले यस्ता कार्यक्रम गर्दा सोच विचार गर्नु पर्छ डाँगीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?