© २०२३
प्रदेशसभा सदस्यहरुले ५ मा प्रदेश भूमि व्यवस्था आयोग तत्काल गठन गर्न सरकारलाई दवाव दिएका छन ।
आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ दल नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले पार्टीले चुनावमा पनि सुकुम्बासीलगायत भूमिसंग सम्बन्धित समस्या यथाशीघ्र समाधान गर्ने वाचा गरेकाले आयोग गठनमा ढिला गर्न नहुने बताए ।
उनले भूमिहीनलाई जग्गाको स्वामित्व नदिंदासम्म उत्पादन बढाउन नसकिने बताउदै चर्को बैंक ब्याजदर, विकास वजेट खर्च हुन नसक्नु र सुशासनको अभावमा उत्पादनमूलक क्षेत्रमा लगानी संकुचन भएकाले सुशासन कायम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले भौतिक पूर्वाधार निर्माणमा पनि प्रदेश सरकार गम्भीर नदेखिएको आरोप लगाए ।
विशेष समय लिएर सत्तारुढ दल नेकपाकै सांसद उत्तरकुमार वलीले राप्ती अस्पतालको उपचार सेवा प्रभावकारी नभएको बताए । दाङमा २ दिन अघि भएको बस दुर्घटनामा घाइते भएकाले राम्रो उपचार सेवा पाउन नसक्दा ठूलो मानवीय क्षति हुन पुगेको बताउदै प्रभावकारी उपचार सेवा र दक्ष जनशक्तिको अभाव रहेको बताए ।
आइतवारको बैठकमा प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश जाचबुझ आयोग गठन,काम कर्तब्य र अधिकारका सम्बन्धमा ब्यवस्थागर्न बनेको विधेयक,प्रदेश संघ संस्था दर्ता सम्बन्धमा ब्यवस्थागर्न बनेको विधेयक,अन्तर प्रदेश वासिन्दा समान सुरक्षा,ब्यवहार र सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक,प्रदेश प्रशारण सम्बन्धमा ब्यवस्थ ागर्न बनेको विधेयक र प्रदेश प्रशासकीय कार्यबिधि –नियमित गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पेश गरे ।
प्रदेशसभामा पेश भएका ५ विधेयक मध्ये प्रदेश जाचबुझ आयोग गठन,काम कर्तब्य र अधिकारका सम्बन्धमा ब्यवस्थागर्न बनेको विधेयक,प्रदेश संघ संस्था दर्ता सम्बन्धमा ब्यवस्थागर्न बनेको विधेयक,अन्तर प्रदेश वासिन्दा समान सुरक्षा,ब्यवहार र सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल समेत आइतबार सकिएको छ । विधेयक उपर सांसदहरु तिलक शर्मा,फकरुद्धिन खाँ,दिपा बिक,बाबुराम गौतम,चेतनारायण आचार्य,युवराज खनाल,कमला बिकले छलफलमा सहभागी भएका थिए ।
प्रदेश सभाको तेश्रो अधिबेशनको दोश्रो बैठकले दागंमा भएको स्कुल बस दुर्घटनाका मृतकहरुप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकको प्रारम्भमा सभामुख पुर्ण बहादुर घर्तिले स्कुल बस दुर्घटनाका मृतकहरुप्रति शोक व्यक्त गर्न शोक प्रस्ताव राखेका थिए । बैठकले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।