© २०२३
अनवरत रुपमा पाठकका माझमा उपस्थित भइरहेको बुटवल टुडे राष्ट्रिय दैनिकको सातौँ बार्षिकोत्सव मनाउन पाउँदा हामीलाई गर्वानुभूति भइरहेको छ । सानो लगानीबाट मोफसलजस्तो ठाउँमा रंगीन कलेबरमा अन्तर्राष्ट्रिय मापदण्डमा निरन्तर पत्रिका प्रकाशित गर्नु कुनै मजाकको विषय हैन ।
अनेकौँ समस्यासँग जुध्दै हामीले पाठकहरुलाई हरेक दिनको प्रभातमा नयाँ खोजयुक्त समाचार तथा विचारहरु पस्कन सक्यौँ र नै आज हामी निर्धक्कसँग भन्न सक्छौँ कि हाम्रो पत्रकारिता समयसापेक्ष थियो र भोलिका दिनमा पनि रहने छ । पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवललाई केन्द्र बनाएर प्रकाशित हुँदै आएको बुटवल टुडे राष्ट्रिय दैनिक सबैभन्दा धेरै पाठकहरुले पढ्ने पत्रिका हो । पाँच नम्बर प्रदेशमामात्र हैन, ३ नं प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पाठकहरुमाझ बुटवल टुडेले उपस्थिति जनाउँदै दैनिकरुपमा आफ्नो छाप छाड्न सफलता पाएको छ ।
त्यसका साथै बुटवल टुडेको सहप्रकाशनको रुपमा अनलाइन संस्करण पनि सञ्चालनमा रहेको छ । गत बर्षको बार्षिकोत्सव कार्यक्रममा हामीले गरेको अनलाइन संस्करण सञ्चालनको प्रतिवद्धता पुरा गरेका छौँ । डब्लूडब्लूडब्लू डट न्यूज बुटवल टुडे डट कम www.newsbutwaltoday.com मा लगअन गरेर बिहानै यसमा प्रकाशित भएका समाचारहरुका साथै अन्य ताजा समाचार र विचारहरु पढ्न सक्नुहुनेछ । पाठक, विज्ञापनदाताहरुको यस्तै न्यानो माया र सुझाव रहेमा हामी त्यसमा सफलता प्राप्त गर्न सक्नेछौँ ।
पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवललाई मिडियाको क्षेत्रको राजधानी पनि भनिन्छ, यसको साख बचाएर राख्नको लागि बुटवल टुडे दैनिकले निकै ठूलो अभ्यास गरिरहेको कुरा सर्वविदितै छ । यसले पाएका राष्ट्रियतहका पुरस्कार, सम्मान, पत्रपत्रिकाको वर्गीकरण मूल्यांंकनमा पाएका उपाधिहरु यसका ज्वलन्त उदाहरणहरु हुन् ।
यो क्षेत्रमामात्र हैन, राज्य सञ्चालन गर्ने नेतागणहरु माझ तटस्थ र सत्य विचारहरु सम्प्रेषण गरेर सुझाव तथा चेतावनी दिई राष्ट्रियता, संघीयता, जनताका हक अधिकार संस्थागत गर्ने सवालहरुमा पनि झक्झकाउने काममा महŒवपूर्ण भूमिका निभाउँदै आएको हो । यी कारणले पनि बुटवल टुडेले जनताको प्रिय पत्रिका बन्ने अवसर पाएको हो भन्ने हामीलाई लागेको छ । यसले प्राप्त गरेका यी उपलब्धीहरुको हकदार हामीमात्र निश्चितै होइनौँ । यसमा निरन्तर खट्ने सञ्चारकर्मी, अमूल्य विचारहरु लेखेर दिने आदरणीय लेखक, पाठक, विज्ञापनदाता, सुझावदाता सबै हकदार हुनुहुन्छ । हामीलाई आशा छ भोलिका दिनमा पनि यहाँहरुको यस्तै माया, सहयोग र सद्भाव रहने छ । धन्यवाद ।
हरिप्रसाद पौडेल
अध्यक्ष
बुटवल पब्लिकेशन प्रालि