© २०२३
सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा रूपन्देहीको भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सव–२०७५ (पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) को सातौं दिन बुधबार कुस्ती पहलमानले दर्शकलाई मेलातर्फ आकर्षित गरेका छन् ।
तराईमा अत्याधिक रुचाइएको यो खेल हेर्न रूपन्देही लगायत प्रदेश नम्बर ५ का अन्य जिल्ला र भारतबाट समेत कुस्ती हेर्नेको घुँइचो थियो । कुस्ती प्रतियोगितामा भाग लिन भारतको दिल्ली देखी हरियाणा सम्मको पहलमान भैरहवा आएका थिए । बुधबार कुस्तीको फाइनल प्रतियोगिता भएको कारण पनि मेलामा दर्शकको भिड देखिन्थ्यो । फाइनल प्रतियोगितामा मध्यप्रदेश भारतका बाबा नायकलाई हराउँदै रूपन्देहीका राजेन्द्र यादव प्रथम हुन सफल भएका छन् । त्यस्तै बाबा नायकलाई हराउँदै गांजीपुर, भारतकै मन्नु पहलमान द्धितीय र भारतका बाबा नायक तृतीय भएको महोत्सवका कुस्ती तथा खेलकुद व्यवस्थापन समिति संयोजक एवं सिद्धार्थनगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गंगासागर अग्रहरीले बताए । महिलातर्फ कुस्तीमा सहभागि भएका ४ जोडीहरूको खेल बराबरीमा टुंगिएको उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई ११ हजार रूपैंया पुरस्कार प्रदान गरिएको अग्रहरीले जानकारी दिए । ४ दिन सम्म चलेको कुस्ती प्रतियोगिता नेपाल र भारत गरी ५२ जोडी पहलमानहरू भिडेका थिए । त्यस्तै बुधबार आधुनिक गायक मेलिना राई, नेपाल आइडल प्रतियोगी अफसर अली, लोकदोहोरी गायक बाल चन्द्र बराल, दोहोरी गायिका आरती रुसाल र हांस्यकलाकार पुर्खे बा तथा डिजे कार्यक्रमको प्रस्तुती रहेको थियो ।
त्यस्तै बिहीबार (आज) नेपाल आईडल फाइनलिस्ट प्रताप दास, लोक दोहोरी गायिका शान्ता परियार, बिष्णु ठडराइ, लोक दोहरी गायक राम प्रसाद पौडेल र हास्य कलाकार अजय भुषाल (हजुर बा) सांस्कृतिक कार्यक्रम व्यवस्थापन समिति संयोजक दिपेन्द्र प्रधानले जानकारी दिए । त्यस्तै भैरहवा खुल्ला नित्य प्रतियोगिताको फाइनल शनिबार हुने प्रधानले जानकारी दिए ।
‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल नाराका साथ आयोजित मेलामा मायादेवी पेभिलियन समेत गरी २ सय ७५ स्टलहरू रहेका छन् । कृषि पेभिलियन तर्फ २० हस्तकला तर्फ २५, औद्योगिक तर्फ ५५, होजेरी तथा गार्मेन्ट ६५ अटोमोबाईल तर्पm १३, बैक तथा वित्तिय संस्था ५, होटल तथा रेष्टुरेन्ट तर्फ १६, इलेक्ट्रोनिक्स ८, खाद्यान्न तर्फ १९, कस्मेटीक ४, शैक्षिक परामर्श, २, फुटवयर ९, स्वास्थ्य तर्फ २, पर्यटन तर्फ ७ वटा रहेका छन् ।
पौष १ गते सम्म सञ्चालन हुने महोत्सवमा मुख्य आकर्षणको रूपमा प्रदेश नम्बर ५ प्रमुख मध्ये दुई गन्तव्य लुम्बिनीको मायादेवी मन्दिर र नेपालको ताजमहलको रूपमा परिचित पाल्पाको रानीमहलको आकृतिको निर्माण गरिएको छ । à