ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

प्रदेश सभा हिउँदे अधिवेशन आजबाट

२६ मंसिर २०७५, बुधबार
२६ मंसिर २०७५, बुधबार

प्रदेश नम्बर ५ को प्रदेश सभाको हिउँदे अधिवेशन आज (बुधबार) देखि शुरु हुँदैछ । गत साउन अधिबेशन अन्त्य भएपछि ४ महिना सम्म सुरु हुन नसकेको अधिबेशन बुधवार दिउँसो १ बजे शुरु हँुदै छ ।
कानुन निर्माणमा केन्द्रित हुने अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ भने ४ वटा विधेयक प्रदेश सभामा दर्ता गरिसकेको छ । बुधवार पहिलो दिन प्रदेश सभा सचिवालयले मंगलबार ६ बुँदे कार्यसुचि सार्बजनिक गरेको छ ।
अधिबेशनको तयारी प्रदेश सभा सचिवालयले तीब्र पारेको छ ।
कानुन निर्माणमा केन्द्रित हुने अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ र ४ वटा विधेयक प्रदेश सभामा दर्ता गरिसकेको छ । बुधवार पहिलो दिनको बैठकमा प्रदेश नम्बर ५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक एवं प्रदेश नम्बर ५ संघ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पेश हुने कार्यसुचि रहेको छ ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २ वटा बिधियक पेश गर्ने सहितको ६ बुदे कार्यसुचि तय गरेको छ । कार्यसूचीअनुसार १ बजे बैठक शुरु भएलगत्तै प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेश सभाको अधिवेशन आह्वान भएको पत्र र दोश्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरू सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाउने कार्यसुचि रहेको छ ।त्यसपछि दलको तर्फबाट प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरूले धारणा राख्ने कार्यसुचि छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका तर्फबाट एक एक जनाले धारणा राख्ने अनौपचारिक सहमति भएको छ । बैठकमा विशेषाधिकार समितिको सभापति र प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी विशेष समितिको संयोजक चयन गरेको सम्वन्धमा तथा विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको सम्वन्धमा सभामुख घर्तीले सभालाई जानकारी गराउने कार्यसुचि रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
यसैबीच, प्रदेश सभा सचिवालयले हिउँदे अधिबेशनको प्रदेश सभा सचिवालयले तयारी तिब्र पारेको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ वटै दललाई संसदीय दलको कार्यालय उपलब्ध गराउन प्रदेश सभासँगै रहेको नेपाल मानव सेवा धर्मको सभामा पार्टेसनको काम पुरा गरी फर्निसिड्ड सुरु गर्दै छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सत्तारुढ दल नेकपा, प्रमुख बिपक्षी दल नेपाली कांग्रेस सहित मधेशी जनाधिकार फोरम नेपाल, राष्टिय जनमोर्चा र राष्ट्रिय जनता पार्टीलाई संसदीय दलको कार्यालय उपलब्ध गराइने छ । त्यस्तै प्रदेश सभा सदस्यहरूको अध्ययनका लागि प्रदेश सभा नजिकै रहेको महिला जेसिजको भवनमा पुस्तकालय समेत तयार गरिँदै छ । पुस्तकालयमा फर्निचरको काम सकिएको सचिवालयले छ । प्रदेश सभाको बैठक बस्ने समयमा कुनै आवश्यक छलफल गर्नुपर्ने भएका बस्नका लागि मुख्यमन्त्री शंकर पोखरेलको कार्यकक्ष प्रदेश सभा सचिवालयको भुई तलामा तयार गरीदै छ । भुई तला केही दिन अघि मात्रै प्रदेश सभालाई दिएर बुटवल उद्योग वाणिज्य संघ बालमन्दिरमा सरेको छ । त्यही भुई तलामा प्रमुख प्रतिपक्षी दलका नेताको कार्यकक्ष बनाईसकीएको छ । भुई तलाको आधा भागमा सचिवालयका बिभिन्न शाखा राखिसकिएको छ ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको बैठकमा जनताको कुरा शसक्त रूपमा आवाज उठाउने र प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेका छन् । मंगलबार प्रमुख प्रतिपक्षी दलका नेताको कार्यकक्षमा बसेको संसदीय दलको अनौपचारिक बैठकले जनताका आवाजलाई शसक्त उठाउने र प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको नेता बलदेव शर्मा पोखरेलले बताए ।
प्रदेश सभा बैठकमा पार्टीको उपस्थिति र संंसदीय दलको सचिव र कोषाध्यक्ष चयन गर्न बसेको बैठकमा सबै सदस्य उपस्थित हुन नसकेपछी बैठक अनौपचारिकमा सिमित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?