ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

साठी प्रतिशत उजुरी बेनामी

२४ मंसिर २०७५, सोमबार
२४ मंसिर २०७५, सोमबार

 प्रदेश नम्बर ५ को राजधानी रहेको बुटवलमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल कार्यालय मातहत ७८० उजुरी मध्ये २७६ उजुरी फस्र्योट गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म दर्ता भएका उजुरी मध्ये ५०४ वटा अनुसन्धानमा रहेको कार्यालय प्रमुख सहसचिव रविलाल पन्थले जानकारी दिए । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा आईतबार कार्यालयले बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख पन्थले ६० प्रतिशत उजुरी बेनामे आउने गरेको बताए ।
कार्यालयमा दर्ता भएका उजुरी मध्ये सबैभन्दा बढी रूपन्देही र सबैभन्दा कम पूर्वी रुकुमका भएको उहाँले जानकारी गराए । कार्यलयमा दर्ता भएको उजुरीको तथ्यांक अनुसार सबैभन्दा बढी रूपन्देही जिल्लाका २५७ वटा रहेका छन् भने सबैभन्दा कम पूर्वी रुकुमका जम्मा ५ वटा रहेका छन् । प्रदेश पाँचका ९ जिल्ला र प्रदेश ४ को नवलपरासी पूर्व गरी १० जिल्ला कार्यक्षेत्र रहेको आयोगको बुटवल कार्यालयमा कपिलबस्तुका १५८, नवलपरासी पश्चिमका ११३, अर्घाखाँचीका ७१, गुल्मीका ५०, पाल्पाका ४८, नवलपरासी पूर्वका ४१, रोल्पाका २६ र प्युठानका ११ वटा उजुरी दर्ता छन् ।
भ्रष्टाचार नियन्त्रणकालागि काम गर्ने अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय प्रधानमन्त्री कार्यालय मातहत हुँदा नेपाली सेना, अदालत, मन्त्रीपरिषदका निर्णय र संसदीय समितिका निर्णय हेर्न नपाउँदा काममा समस्या भएकाले स्वायत्तता प्रदान गर्नुपर्ने, भौतिक पूर्वाधार तथा स्रोत साधनको अपर्याप्तता, बिशिष्टिकृत कर्मचारीको अभाव हुँदा काम गर्न समस्या भएको उनले भने । त्यस्ता भ्रष्टाचार नियन्त्रणका लागि स्थानीय तहले सदाचार र निष्ठामा रहि काम गर्नुपर्ने, भ्रष्टाचार बिरुद्धको शुन्य सहनशिलता कायम गर्नुपर्ने, स्थानीय तहले गर्ने काम, प्रदान गरिने सेवा र बिकास कार्यहरूमा पारदर्शिता अभिबृद्धि गर्न सामाजिक परिक्षण, सार्वजनिक लेखा परिक्षण, गुणस्तर परिक्षण, व्यबस्थापन परिक्षण र सार्वजनिक सुनुवाई लगायतका काम हुनु पर्ने उनले आंैल्याए ।
कार्यालयका उपसचिव नारायण पाण्डेले नेपालमा आर्थिक वर्ष २०७३÷०७४ मा ५ खर्व वेरुजु रहेको बताउँदै सरकारको बजेटको ५० प्रतिशत वेरुजु हुनुले सुशासनको अवस्था प्रष्ट पारेको बताए । उनले विश्वमा वार्षिक १० खर्व घुस र २५ खर्व भ्रष्टाचार हुने गरेको बताउँदै भ्रष्टाचार र घुसखोरी संस्थागत हुँदै गएको र यसलाई समाजबाट वहिस्कारको रणनीति अवलम्बन नगर्ने हो भने स्थिति अझै भयावह हुँदैजाने उल्लेख गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका संयोजक एकराज विश्वकर्माले भ्रष्टाचार हुन नदिने वातावरण सिर्जना गर्नकालागि कार्यालय प्रमुखहरूले सदाचार प्रणाली अवलम्बन गर्न आग्रह गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, वास रूपन्देहीका अध्यक्ष विजया खत्री, जनप्रतिनीधिहरू कमलप्रताप थापा, रामचन्द्र क्षेत्री, तिलोत्तमा नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, पत्रकार यमलाल भुसाल केशब भण्डारी लगायतले भनाई राखेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?