© २०२३
भूमिकास्थान नगरपालिका–९ ढिकुराका सुप्रकाश खनालले मौरीको घार खोलेर महका चाका झिक्दै थिए । आफ्नै रफ्तारमा मौरी कोही घार भित्र, कोही बाहिर घाम तापेका थिए र केही रस बोेकेर भित्र पस्दै थिए । घार खोलेर चाका निकाल्दा सबै मौरी तितरवितर भए । घार वरीपरी उडेका केही मौरी प्रतिकारमा उत्रिए । रिसाएर आक्रमणमा उत्रिएका मौरीले खनालका हात र मुखमा टोकिहाले । उनी महको चाकै छाडेर भागिहाले । जालीवाला टोपी लगाएर पुरै अनुहार छोपे । हातमा पञ्जा लगाए र कपडाको धुवा“ लगाइदिए । मौरी लुपुक्क बसे । त्यही मौकामा नौ वटा महका चाका झिकिहाले । एकैछिनमा खनालका शरीरमा टोकेको ठाउ“ सुन्नियो । चाका झिक्न साथ दिएकी खनालकी पत्निका गालामा टोकिदिए । उनी अत्तिदै दौडिन् ।
चाकाविहीन भएपछि मौरी घार वरिपरी कराउ“दै घुमे । सबै चाकामा मह भरिभराउ थिए । झण्डै पा“च किलो मह रहेछ । मेसिनबाट मह (रस) झिकेपछि खाली चाका पुनः घारमै राखिदिए । त्यसपछि मौरी अलि शान्त भयो । मह धेरैले खान मन पराउ“छन् । खा“दा गुलियोस“गै स्वाद कति मिठो हुन्छ । यसले जिब्रोलाई मिठो मात्रै होइन । स्वास्थ्यलाई समेत फाइदा गर्छ, उनका ८० वर्षीय वावु कुलराजले भने ।
भा“डोमा राखिएको मह खानलाई सजिलो हुन्छ । तर, मौरीको गोलो भित्रबाट खोसेर ल्याउन त्यति सहज छैन । मह झिक्न नजान्ने हो भने त जोखिमै छ । पुरै मौरीले टोकेपछि विषले मान्छे नै मर्न सक्छ, उनले भने ।
घारबाट मह झिक्ने समय कार्तिक, मंसिर र फागुन चैतमा हो । छ÷सात महिनासम्म मौरीका ज्यामीले जंगल, रुख, फूलमा पुगेर रस बोकेर ल्याउ“छन् । दिनभर धेरै टाढा धाएर रस ल्याएपछि आफै खान्छन र बचेको चाकाभित्र सुरक्षित राख्छन । ‘हामीले खेतबारीमा अन्न उब्जनी गर्छौं कसैले पाक्दै गरेको र भित्राएको अन्न चो¥यो भने हामीलाई कस्तो हुन्छ, हो त्यस्तै मह चोर्दा मौरीलाई पनि रिस उठ्छ,’ उनले भने ।
दुःख गरेर संकलन गरेको रस मौरीले खाएर बढी भएको चाकामा बन्द गरेर सुरक्षित राख्छ । अल्छी र थकाई लागेको बेला खानलाई राख्ने उनले बताए ।
छोरा (सुप्रकाश) ले चाका झिक्ने उनले मह झार्ने काम गरे । ‘मह बेच्दा पैसा कमाई हुन्छ, वास्तवमा हामीले अन्न भण्डार गरेर राखे जस्तै मौरीले पनि रस राखेको हुन्छ,’ उनले भने, ‘खोसेर खाइदि“दा उनलाई कति रिस उठको होला ।’ २०३० सालदेखि मौरी पाल्दै आएका कुलराज अनुभवी छन । मह चोर्दा रिसाएको मौरीले टेक्दा उल्टै मर्छ । पच्चीस घारमा अहिले मौरी पालेका छन । सबै आधुनिक घार छन । एउटा घारबाट पा“च किलोसम्म मह उत्पादन हुन्छ । वर्षमा पा“चसय किलो मह सजिलै बेच्छन । मह प्रतिकिलो एकहजार रूपैया“मा घरबाटै बिक्री हुन्छ । यो पेशा उनले छोरालाई सिकाए । सुप्रकाश मौरीको गोलोबाट मह चोर्ने काममै भुले ।
मौरी पाल्न त्यति सहज छैन । घारमा बस्छ । आफु बसेको घार चित्त नबुझे गृह त्याग्ने गर्छ । धेरै भए मतभेद भएर विभाजन भएर जान्छ । तीन कारण ः आफु बसेको घर चित्त (उपयुक्त) नठान्नु दोस्रो, धेरै संख्यामा रहेका मौरीबीच विवाद÷मतभेद हुनु र तेस्रो घरभित्र अर्काे रानी (रानो) तयार हुनु । रानी विना मौरी घारमा बस्दैन । घरमा रानी म¥र्याे भने मौरी जति छिन्नभिन्न भएर विभाजन हुन्छन र मर्छन । एउटै घारमा दुई वा बढी रानुकोट राजा बस्ने ठाउ“ बनेपछि मौरीको घार फुट्ने भयो भन्ने किसान बुझछन् । रानुकोट बनेको १७ दिनमा रानी तयार हुन्छ । १२÷१४ दिनभित्रै विभाजित भएर गृहबाट बाहिरन्छ । यसरी गृह छाडेर भाग्दा ठुलो संख्यामा घारवरीपरी एकछिन उठछन् । भाग्दा भाग्दै पानीको फोहोरा र खरानीले हानेर नजिकै रुखमा बसाल्छौं र अर्काे घारमा राखिन्छ, केही मौरी त भागिहाल्छन, उनले भने ।
अर्काे घारभित्र पानी परेमा र असुरक्षित ठानेमा गृह त्याग गर्छ । अरिंगाल, बारुलोबाट मौरीलाई बचाउनुपर्छ । अरिंगालले घारभित्रै छिरेर मौरीलाई टोकेर मार्छ । सबैभन्दा चिन्ता उनलाई सल्लाका रुखको छ । सल्ला अग्ला हुन्छन, मौरी छिर्न सल्लाका पातले छेकिदिन्छ । पातमा ठोक्कियो भने मौरी मरिहाल्छ, उनले भने । वनभरी सल्लैसल्ला छन । धेरै मौरी यही कारणले मर्ने उनले बताए । रस बोकेर घारतर्फ आउ“दै गरेको मौरीलाई उडेर आउन निकै सकस हुन्छ । रात प¥र्याे भने ओडार, रुख, ढुंगाभित्र र सुरक्षित ठाउ“मा बास बसेर अर्काे दिन विहानै घाम लागेपछि रस बोकेर घारमा आउने उनले बताए ।
आहारको पनि उत्तिकै चिन्ता छ । तोरी, फापर, लिची, चिउरी, मौसम लगायत फूल फुल्ने रुख र अमिलो जातका फलफूल मौरीका लागि उपयुक्त हुने उनले बताए । जति फुल फुल्ने रुख हुन्छन, त्यति मौरीपालन क्षेत्र फस्टाउ“छ । सुप्रकाशले मौरीपालनमै आफ्नो जीवन बिताउने बताए । मह बेचेर वर्षमा तीन देखि पा“च लाख रूपैया“सम्म कमाई भएको बताए । ढिकुरा र धनचौर मह उत्पादन गाउ“ हुन् ।