© २०२३
गुल्मीको मुसीकोटमा २०३१ सालमा जन्मिएका दिवाकर घिमिरे बुटवलमा नाम चलेका पुस्तक व्यवसायी हुन् । बुटवललाई कर्मथलो बनाएर लामो समयदेखि व्यवसाय गरिरहेका घिमिरेले बुटवलमा प्रभात बुक डिष्ट्रिब्युटर सञ्चालन गरिरहेका छन् । २०५८ सालदेखि पुस्तक व्यवसायी महासंघ रूपन्देहीको सचिवबाट महासंघका यात्रा शुरु गरेका उनी दुई कार्यकाल रूपन्देहीको अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै अहिले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महांसघको प्रदेश ५ को अध्यक्षको जिम्मेवारीमा छन् । महासंघ कसरी सञ्चालन भइरहेको छ र व्यवसायीको व्यवसायिक अवस्था के छ भन्ने बिषयमा अध्यक्ष दिवाकर घिमिरेसँग बुटवल टुडेले कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अशः
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा कति सदस्यहरू आवद्ध हुनुहुन्छ ?
महांसघमा देशभरिमा करिब १५ हजार बढी सदस्य आवद्ध छौं । ५ नं. प्रदेशको कुरा गर्दा करिब चार हजार व्यवसाय आवद्ध रहनु भएको छ ।
पुस्तक व्यवसायीको अवस्था कस्तो छ ?
समग्रमा भन्दा व्यवसायीको अवस्था रामै्र छ भन्नुपर्छ । तर पनि विभिन्न समस्याहरूलाई झेल्दै काम गरिरहेका छौं । बेला बेलामा हुने पाठ्यक्रम परिवर्तनले समस्या सृजना गरेको छ । यसले धेरै व्यवसायीको स्टकमा रहेको पाठ्यपुस्तक बिक्री नगरी खेर फाल्नु परिरहेको छ । यसको विषयमा कति समयमा पाठ्य पुस्तक परिवर्तन गर्ने भन्ने नीति सरकारले ल्याउन र सार्वजनिक गर्न जरुरी देख्दछु । त्यससँगै स्टेशनरीको हकमा कुरा गर्दा हामी खुल्ला सिमा नजिक रहेका छौ । त्यहाँबाट झोले व्यापारीले गर्ने व्यापारले पनि दर्तामा रहेर पसलको भाडा तिरेर व्यवसाय गर्ने व्यवसायीलाई अप्ठ्यारो पर्ने गरेको अवस्था छ ।
समस्या समाधानका लागि महासंघले के पहल गरेको छ त ?
यो समस्याका लागि हामीले भन्दा पनि राज्यको नीति बन्नु र नीति बोल्न जरुरी छ जस्तो लाग्छ । नीति बनेपछि कार्यान्वयनको पाटोमा हामीले सहयोग अवश्य गर्छाैं । अहिले पनि हामीले सक्ने र गर्न मिल्ने पहल गरिरहेका छौं । हामीले बेला बेलामा सरकारको ध्यानाकर्षण गराउने, सरकारबाट आएको नीतिगत परिवर्तनलाई व्यवसायी सम्म पु¥याउने कामहरू गरिरहेका छौं । यस बिषयमा नीति बन्न सकेमा राजस्व वृद्धि भई सरकारलाई पनि राम्रो हुन्छ भन्ने लाग्छ ।
सबै व्यवसायी समेटिएका छैनन भन्ने छ नि ?
यो कुरा सहि हो जस्तो लाग्दैन । हामीले सकेसम्म सबैलाई समेट्ने कोशिस गरेका छांै । कहिँ कतै बाँकी भए पनि समेटिरहेका छौं । हामीले मुख्यतया दुईवटा कुरालाई प्राथमिकतामा राखेका छौं । पहिलो कुरा त व्यवसायीको व्यवसाय उन्नयन गर्ने,व्यवसायजन्य सीप व्यवसायीको दक्षता विकास गर्ने काम गरिरहेका छौं ।
अर्को कुरा हामीले सामाजिक रूपान्तरणका लागि शैक्षिक अभियानमा राज्यलाई सहयोग गर्ने, पढ्ने संस्कृतिको विकासका लागि शैक्षिक महोत्सव देशभरी गरिरहेका छौ । रूपन्देहीबाट हामीले २०६४ सालबाट शुरु गरेका हौं । यो कार्यक्रम रूपन्देहीमा मात्रै दुई पटक गरिसकेका छौ । यो सँगै धनगढी, झापा, सहित देशका ८ स्थानमा सम्पन्न गरिसकेका छौं । रूपन्देहीबाट जन्मेको महासंघले राष्ट्रियरूप लिएको छ । यो देख्दा गर्व लाग्छ । यो कार्यक्रममा हामीले पढ्ने र पढाउनेहरूलाई सम्मान गर्ने लेखक र प्रकाशकलाई प्रोत्साहन गर्ने सम्रग उपभोक्ता र उत्पादक बीचको सम्बन्ध बलियो बनाउने । यसले किताब पढ्ने बानीको विकास गराएको छ ।
पुस्तक व्यवसायी संगठित हुँदा राज्य,व्यवसायी,अभिभावक कसलाई फाइदा पुग्ला जस्तो लाग्छ ?
पहिलो कुरा त पुस्तक व्यवसायीलाई नै हुन्छ । किनभने हामी यसैको व्यवसाय गरिरहेका छौं । यसैलाई सबथोक मानेपछि पहिलो फाइदा त हुने नै भयो । त्यसपछि राज्यलाई नीति निर्माणमा सहयोग पुग्ने हुनाले राज्यलाई नि हुन्छ । पठन संस्कृतिलाई विकास गर्ने हुनाले सामाजिक रूपमा समाजलाई नि फाईदा पुगेको भन्नुपर्छ ।
पुस्तक व्यवसाय फस्टाउँदो छ कि, प्रतिस्पर्धी छ कि ? जोखिमा छ ?
पहिल्लो समयमा विकास भएका प्रविधिले केहि जोखिम पनि देखिएको छ । सबैले इन्टरनेटको प्रयोगले पुस्तक कम पढ्ने शंका छ । तर पनि हामी सबै व्यवसायलाई समय अनुसारको प्रविधि मैत्री बनाई रूपान्तरित हुने प्रयासमा पनि छौं । पछिल्लो प्रविधिलाई पछ्याउँदै गरेको हेर्दा पुस्तक व्यवसायी फस्टाउँदो देखिन्छ ।
व्यवसायीका समस्या समाधानका लागि राज्यले के गर्नुपर्ला ?
राज्यले शिक्षाको निति प्रष्ट बनाउनु पर्दछ भन्ने लाग्छ । सरकारले पाठ्यक्रम परिर्वतनको समय सिमा तोक्नु पर्दछ । सबै पुस्तक व्यवसायीलाई उद्योगको मान्यता दिनुपर्दछ । शैक्षिक साम्रगीमा स्थानीय सामग्रीलाई प्रोेत्साहन गरेर सिमा क्षेत्रमा हुने शैक्षिक सामग्रीको व्यवसायलाई तत्काल रोक्नु पर्दछ । व्यवसायीलाई प्रोत्सान गर्ने खालका कार्यक्रमहरू राज्यले नीतिमा समावेश गर्नु पर्दछ ।
त्यसका साथै हाम्रो देशमा पुस्तकालय कम मात्रमा देखिन्छ, त्यसलाई वृद्धि गर्नु पर्दछ । अहिले विद्यालय र कलेजहरूमा मात्र कम मात्रमा पुस्तकालय छन् । अब सरकारले मन्त्रालय, अस्पताल र मानिसहरूको भीडभाड हुने स्थानमा पुस्तकालयको व्यवस्था गर्नुपर्दछ । त्यहाँ बस्दा जो केहिले पनि पुस्तक पढेर समय व्यतित गर्न सकोस् । यसले समयसँगै पढ्ने बानीको विकास हुन्छ । मानिसले नकारात्मक कुरा सोच्न भ्याउँदैन । यसको फाईदा व्यतिm स्वयं, परिवार, समाज र राष्ट्रलाई हुन्छ ।
अन्त्यमा केहि भन्नु हुन्छ कि ?
सबैले पुस्तक पढ्ने बानी बसाल्न अनुरोध छ । यसले व्यतिmलाई मानसिक रूपमा स्वस्थ्य रहन सहयोग गर्दछ । त्यसैगरी हामी सबै व्यवसायीहरू नेपालको बदलिँदो समयमा राज्यलाई सहयोग गर्न तयार छौं । त्यसैले राज्यले पनि हाम्रा समस्यालाई बुझेर हाम्रा मागहरूलाई छिट्टै सम्बोधन गरिदिन आग्रह गर्दछु । सबैले आफ्नै देशमा उत्पादन भएका स्टेशनरी सामग्रीहरू प्रयोग गर्न आवश्यक छ ।
प्रस्तुतिः माया केसी