ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

पर्यटक भित्र्याउन नयाँ भौतिक संरचना

२३ मंसिर २०७५, आईतवार
२३ मंसिर २०७५, आईतवार

गौतमबुद्धको जन्मस्थल लुम्बिनी देखि करिब १ घण्टाको दुरीमा रूपन्देहीको सियारी गाउँपालिका रहेको छ । कृषिमा अब्बल गाउँपालिकाले कृषिलाई नै मुख्य थलो बनाएर पर्यटनको विकासमा आफ्ना योजना अगाडी बढाएको छ । यसमा अझै थपेर कृषि पर्यटन संगै लुम्बिनीमा आउने पर्यटकलाई गाउँपालिका क्षेत्रमा केही समय भएपनि भुल्ने वातावरण निर्माण गर्नको लागि गाउँपालिका लागेको छ ।
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या प्रसाद थारुले गाउकार्यपालिकाको निर्णय अनुसार नै अव टुरिष्ट गाईड उत्पादन गर्दै छ । एउटा वडा बाट कम्तीमा पनि ३ जना भन्दा बढि टुरिष्ट गाईट उत्पादन गर्ने लक्षय गाउपालिका ले लिएको छ । यसको साथै भैरहवा अन्तर्राष्ट्रिय विमान स्थल सञ्चालनमा आएसंगै आउने विभिन्न विदेश वा स्वदेशी पाहुँनाहरूलाई गाउँपालिकामा ल्याउनको लागि तिनै टुरिष्ट गाईडलाई ऋण प्रदान गरेर सवारी खरिदमा समेत लगानी गर्न सक्ने गरी योजना बनाएको हो ।
गाउँपालिका अध्यक्ष थारुका अनुसार यसरी गाउँमा उत्पादन भएका टुरिष्ट गाईडले गाउँको उत्पादन, त्यहाँका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गराउने उदेश्य राखिएको छ । ‘आफ्नो गाउँको भनेपछि माया लाग्नुको साथै, गाउँको बारेमा सबै जानकारी भएको स्थानीय टुरिष्ट गार्डले सबै जानकारी दिने भएपछि गाउँको आम्दानीमा पनि वृद्धि हुन्छ । ’–गाउँपालिका अध्यक्ष थारुले भने ।
गौतम बुद्ध विमानस्थलमा ओर्लेपछि आउने पाहुँनाहरूलाई पहिलो बेथरीमा रहेको केरा खेतीको अवलोकन गराउने, केराका विभिन्न परिकारले स्वागत गर्ने, त्यसपश्चात अव निर्माण गर्न लागिएको बहुउदेश्यीय आयोजनाको अवलोकन गराउने, छपियाको चिसो पानीमा रहेका माछाका परिकार खुवाउने गरी प्याकेज सहितको योजना गाउँपालिकाले बनाएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङ्गका अनुसार गाउँपालिकामा बहुउद्देश्यीय आयोजनाको अवको ३ बर्षमा पुरा गर्ने गरी कार्य अगाडी बढाएको छ । सियारी गाउँपालिका वडा नम्बर ३ साविक हर्नैया गाविसको वडा नम्बर ६ मा रहेको जंगहत्था भन्ने स्थानमा सामुदायिक कृषि विकास केन्द्र, नैतिक शिक्षा तालिम केन्द्र, बौद्ध स्तुपा, सहित कम्पाउण्ट, तारबार, चमेना गृहसहित पार्कीङ्ग र हरित पार्क निर्माण गरी सियारी गाउपालिकालाई उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्न लागिएको हो । जसको लागि गाउँपालिकाले २५ प्रतिशत लगानी गर्ने छ भने दातृ निकायको सहयोगमा विश्व प्रकाश प्रतिष्ठानले ७५ प्रतिशत लगानी गर्ने छ ।
वडा नम्बर ३ मा रहेको जंगहत्था को कित्ता नम्बर ८६० क्षेत्रफल ६६७४०.५५७ बर्ग मिटरमा १० विघा, ६ कठ्ठा, ०२ धुरमा उक्त संरचना निर्माण गर्न लागेको हो । जसमा आउने पर्यटकहरूले विशाल बुद्धको मुर्ती अवलोकन गर्नुको साथै विश्वभरीमा पाईने कृषि जन्य उत्पादनका सबै जसो विरुवा उत्पादन गर्ने गरी सामुदायिक कृषि विकास केन्द्र निर्माण गरिने छ । जसलाई एउटा अध्यायनको थलोको रूपमा समेत विकास गर्न सकिने छ ।
यस्तै सोही स्थानामा नैतिक शिक्षा तालिम केन्द्र, हरित पार्क लगायतका संरचनाहरू बन्ने छन् । जसले गर्दा आउने आगन्तुक पाहुँनाहरूले केही समय भएपनि आनन्दको महसुस गर्नेछन् । पर्यटकीय क्षेत्रको उत्कृष्ठ गन्तव्यको रूपमा विकास गर्ने गरी कार्य अगाडी बढाइको गाउँपालिका अध्यक्ष अध्योधा थारुको भनाई रहेको छ ।
करिब २० करोड रूपैयाँ लागतमा तिन बर्ष सम्ममा निर्माण पुरा गर्ने गरी योजना अगाडी बढाइएको गाउँपालिकाले जनाएको छ । सियारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष घिसन अहिरका अनुसार अहिले संरचना निर्माण गर्न लागिएको जग्गा ऐलानी जग्गा हो । वि.सं. २०६४ साल देखि तत्कालिन गाविसले संरक्षण गर्दै आएको जग्गा मा वि.सं. २०६५ सालमा सामुदायिक वनले संरक्षण गरेको थियो । वि.सं. २०६८ साल देखि नै पर्यटकीय स्थानको रूपमा विकास गर्ने गरी तत्कालिन सर्वदलिय संयन्त्रणले निर्णय गरेको वडा नम्बर ३ का अध्यक्ष अहिरको भनाई छ ।
अहिले उक्त जग्गा गाउँपालिकाको स्वामित्वमा आएपछि गाउँपालिकाले गाउँपरिषद्बाट नै स्वीकृत गरी ति संरचना निर्माण गर्न लागेको हो । अहिले उक्त स्थानमा बुद्धको मूर्ति समेत राखिएको छ । जुन पहिला देखि नै आस्थाको केन्द्रको रूपमा रहेको पौराणीक मान्यता रहेको छ ।
सियारी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पर्यटकीय संभवना उच्च रहेको कारण उक्त संरचना निर्माण गर्नु गाउँपालिकाकै गौरवको विषय भएको बताउँछन् । उनी भन्छन्–‘यो हाम्रो लागि गौरवको विषय पनि हो, पर्यटकीय क्षेत्रको विकास, प्रर्वद्धन, संरक्षण गर्नु गाउँपालिकाको कर्तव्य समेत रहेको छ ।’
सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समितिका संयोजक झेपेन्द्र अर्यालले यसरी खेर गैरहेको जग्गामा पर्यटकीय क्षेत्रको विभिन्न पुर्वाधारहरू निर्माण हुनु आफैमा राम्रो कुरा भएको बताउँछन् । उक्त क्षेत्रको विकास बाट वडा नम्बर ३ का सिङ्गो बस्ती नै लाभावित हुने अपेक्षा गरिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?