© २०२३
रूपन्देहीको देवदहमा ५ वर्षिय बालिकामाथि सामुहिक बलात्कार भएको छ । बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्राउ गरेको छ जस्मध्ये २ जना बलात्कारी नै भएको पुष्टि भएको छ । पक्राउ परेका अन्यमाथि थप अनुसन्धान शुरु भएको घटनास्थलमै रहेका इलाका प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर ऋषिराम घर्ती मगरले बताए ।
पक्राउ परेकाहरूमा देवदह वडा नम्बर ६ का २२ बर्षिय लक्ष्मण बिक र , देबदह ७ का १८ बर्षिय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेको प्रहरीले बताएको छ । त्यस्तै अनुसन्धानका लागि स्थानीय राजु परियार, बोधे विक, दिनेश विकलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको छ । खैरेनीमा रहेको बालिकाकै घर नजिकै उनीमाथि बलात्कार भएको हो । बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुबा पनि नभएको अबस्थामा सो घटना भएको हो । घर नजिकै रहेको ब्लक रहेको टहरोमा लगेर बालिकामाथि बलात्कार भएको र सो स्थान रक्ताम्य अबस्थामा भेटिएको प्रहरीले बताएको छ ।
ती बालिकालाइ थप उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको छ । पक्राउ परेका उनीहरूलाई देवदह प्रहरी चौकीमा राखिएको छ ।