© २०२३
नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अधिकांश प्रदेशका राजधानी परिवर्तन गर्न दबाव आएको बताएका छन् । तर तत्कालको लागी सार्न सम्भव नभएको उनले बताए ।
दवाव र सुझाव आएका छन् । अन्यत्र सार्दा पूर्वाधार निर्माणदेखि अन्य समस्या झेल्नुपर्ने हुन्छ । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलाको बिहीवार उद्घाटन गर्दै अध्यक्ष दाहालले भने– ‘हाल कायम रहेका प्रदेका राजधानी सार्दा जनतामाझ विभेद बढ्नेदेखि लिएर धेरै समस्या उत्पन्न हुन्छ ।’ उनले अघिल्लो सरकारले तोकेको स्थानमा नै ५÷१० वर्षसम्म राजधानी चलाउँदा राम्रो हुने बताए । उनल प्रदेश पाँचको राजधानीको नामाकरण लुम्बिनी प्रदेश राखेमा कसैको आपत्तिको विषय नहुने बताए । उनले भने ‘लुम्बिनी सबै क्षेत्र, वर्ग, धर्म, सामुदायको आस्थाको केन्द्र हो । ‘लुम्बिनीको नामबाट प्रदेशको नामकरण गर्दा सबैको गरिमा बढ्छ ।’ उनले सरकारले केही नगरेको भन्ने विषयमा टिप्पणी गर्दै ऐन नियम र कानुन निर्माण समय खर्चिनु परेकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताए । वर्तमान सरकार भारत र चीनसँगको सम्बन्ध विस्तारमा केन्द्रित रहेको बताउँदै उनले मुलुकको हितमा काम गर्ने बताए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान निर्माण हुँदा भएको कमजोरीकै कारण कतै दीपावली कतै विरोध गरिएकाले वर्तमान सरकारले दुई तिहाईको बहुमत जनतको इच्छा अनुसार काम गर्नुपर्ने बताए । नेकपाका नेता तथा पुर्वमन्त्रि घनश्याम भुषालले सरकारका कमिकमजोरीको खुलेर समिक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै समिक्षा सरकारलाई असफल बनाउन नभई सहि बाटोमा हिडाउनका लागि हुने बताए । राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले वर्तमान सरकारका कारण मुलुकमा जताततै त्रास सिर्जना भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले लगानी र व्यवसायीक वातावरण बनाउन सरकारसंग आग्रह गरे ।