ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

जिल्ला कार्यालय हटेपछि मुख्यमन्त्रीलाई ज्ञापन पत्र

२० मंसिर २०७५, बिहीबार
२० मंसिर २०७५, बिहीबार

रोल्पा जिल्लाबाट विभिन्न सरकारी कार्यालय स्थानान्तरण गरेको भन्दै यहाँका जनप्रतिनिधि, राजनैतिक दल, नागरिक संगठन र संचारकर्मी संलग्न सर्वपक्षिय समूहले मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापन पत्र बुझाएको छ । बुटवल स्थित मुख्य मन्त्रीको निवासमा बुधवार बुझाइएको ज्ञापन पत्रमा रोल्पा जिल्लाबाट एक एक गर्दै सरकारी कार्यालयहरू अन्य जिल्लामा स्थानान्तरण हँुदै जानु निकै दुःखद भएको बताइएको छ । ज्ञापन पत्रमा त्यस्ता कार्यालय जिल्लाबाट स्थानान्तरण नगर्न गत असार ३ गते जिल्लाको सर्वपक्षिय समूहले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको समेत उल्लेख गरेको छ ।
जिल्लाबासीको मागलाई वेवास्ता गर्दै शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, शहिद मार्ग सडक योजना कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला भू संरक्षण कार्यालय र खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय स्थानान्तरण भई अन्य जिल्लामा गएको उल्लेख गरिएको छ । पछिल्लो पटक गत मंसिर २ गते सामाजिक विकास मन्त्रालयस्तरको निर्णय अनुसार जिल्ला स्वास्थ्य कार्यालय समेत रोल्पा जिल्लाबाट स्थानान्तरण भएको विषयले निकै गम्भीर बनाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उक्त कार्यालय रोल्पाबाट स्थानान्तरण गरि गत मंसिर १७ गते उद्घाटन समेत भईसकेको भन्ने कुराले जिल्लाबासी दुःखित भएका छौ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
पछिल्लो राजनैतिक परिवर्तनमा कुर्वानी गरेको रोल्पाबाट एक÷ एक गरि सरकारी कार्यालयहरू स्थानान्तरण हँुदै अन्य जिल्लामा लैजाने निर्णयले जिल्लाबासी मर्कामा परेको ज्ञापन पत्रमा भनिएको छ । सरकारको रवैयाले विकासमा पछाडी पारिएको रोल्पा वामे सर्न लागेको अवस्थामा फेरि पछाडी पार्ने हर्कत हुनु दुःखद मात्र हैन भत्र्सनायोग्य कदम भएको ठहर गरिएको छ । पहाडी र दुर्गम मात्र हैन गरिबीको चपेटामा पिल्सिएका जिल्लाबासीका लागि जिल्ला बाहिर गएर सेवा लिनु सजिलो विषय नभएको ज्ञापन पत्रका उल्लेख गरिएको छ ।
लामो समय देखि सेवा प्रवाह गरिरहेका करिब आधा दर्जन त्यस्ता कार्यालय जनता तथा तीनका प्रतिनिधिलाई समेत कुनै जानकारी नदिई पहुँचवालाको दबाबमा परि स्थानान्तरण गरिएको विषय प्रति घोर आपत्ती जनाउँदै अविलम्व पुनस्र्थापनाका लागि माग गरिएको छ । उक्त ज्ञापन पत्रमा प्रदेश सभा सदस्य दीपेन्द्रकुमार पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर वुढा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष सुरेन्द्र थापा घर्ती, नेपाली कांग्रेस रोल्पाका कावा सभापति किशोरकुमार आचार्य, राप्रपा प्रजातान्त्रिक रोल्पाका अध्यक्ष अमरवहादुर थापा, पूर्व सांसद लेखनाथ आचार्यले हस्ताक्षर गरेका छन । हस्ताक्षर गर्नेहरूमा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द, गैर सरकारी संस्था महासंघका प्रतिनिधि कर्मलाल परियार, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने र सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष मनसिं डाँगी रहेका छन ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शंकर पोख्रेलले नयाँ संविधान घोषणा भएसँगै जिल्लामा रहेका अधिकांश कार्यालय खारेज भईसकेकाले आवश्यकता अनुसारका कार्यालय स्थापना हुन लागेको बताएका थिए ।
जिल्लामा रहेका कार्यालय स्थानान्तरण भएको नभई खारेज भएका कार्यालय स्थापना हुन लागेका हुन मुख्यमन्त्री पोख्रेलले भने । संघीयताको मर्म भनेको नजिकबाट सेवा लिने भएको बताउँदै विगतमा पाएको सेवामा कटौती नहुने गरि कार्यालयहरू स्थापना हुने बताए । संघीय सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा कार्यालयहरू स्थापना हुन नसकेको बताउँदै पहाडी जिल्लामा खानेपानी, स्वास्थ्य तथा शिक्षा जस्ता अत्यावश्यक कार्यालयहरू स्थापना गर्ने तर्फ आफू लागि परेको मुख्यमन्त्री पोख्रेलको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?