ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

ज्यामीरेमा पुगे जनप्रतिनिधि

२० मंसिर २०७५, बिहीबार
२० मंसिर २०७५, बिहीबार

बुटवल उपमहानगरपालिका भित्र रहेर पनि कर्णाली जस्तै दुर्गम बुटवल–१२ को ज्यामिरेमा पहिलो पटक जनप्रतिनिधिहरू गएका छन् । बुटवल उपमहानगरपालिका–१२ ज्यामिरे टोलमा गएर जनप्रतिनिधिले चासो दिएका छन् ।
ती घर परिवारले आफूहरूको बस्ती जोखिममा रहेको भन्दै जनप्रतिनिधिसमक्ष उचित व्यवस्थापनको माग गरेका थिए । उनीहरूका गुनासो सुनेपछि नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यसहितको टोलीले उक्त बस्तीको स्थलगत अवलोकनमा पुगेका हुन् ।
त्यहाँको अवस्था, सम्भावना र त्यसको कार्यान्वयनका लागि स्थानीयहरूकै सुझावका आधारमा योजना बनाइने प्रमुख सुवेदीको भनाइ छ । कृषि उद्यम र पशुपालनको प्रचूर सम्भावना रहेको र त्यसका लागि यातायात र खानेपानीको व्यवस्था पहिलो प्राथमिकता रहेको भन्दै नगरप्रमुख सुवेदीले निजी क्षेत्र तथा माथिल्ला सरकारहरूसँगको समन्वयमा सम्भावनाको थप अध्ययन गरिने प्रमुख सुवेदीले बताए ।
‘यो क्षेत्रलाई नगरको पर्यापर्यटनका रूपमा विकास गर्न सकिन्छ, कृषि र पशुपालनका सम्भावनाका बारेमा पनि थप छलफल आवश्यक छ’ नगरप्रमुख सुवेदीले भने– स्थानीय समुदायको आवश्यकता र राय सुझावका आधारमा नयाँ कार्यक्रम बनाइने छ ।’
स्थानीयहरूले बस्तीसम्म पुग्ने बाटो बनाइदिन, गाउँमै अक्षर चिन्न सक्ने गरी बालकक्षाको व्यवस्था मिलाइदिन, विद्युतको व्यवस्था मिलाउन तथा पानीको मुहान संरक्षण र सिंचाईको व्यवस्था मिलाइदिन आग्रह गर्दै आएका थिए । तर, त्यहाँका युवाहरूले भने गाउँलाई नै स्थानान्तरण गर्न आग्रह गरेका छन् । उनीहरूका अभिभावकहरूले भने गाउँसम्म मोटरबाटो नबनेकाले समस्या उत्पन्न भएको र पानीको समस्या वर्षेनी बढ्दो रहेको भन्दै व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
नगरप्रमुख सुवेदीले वैकल्पिक उपायका बारेमा नगर कार्यपालिकामै छलफल गरिने बताए । उनले बस्तीको जोखिमका बारेमा आफूले जानकारी राखेको र अब सुरक्षाका उपायहरूलाई तत्कालै गम्भिरताका साथ अगाडि बढाइने बताए । उपप्रमुख गुमावेदी आचार्यले बालबालिकाहरूले पढ्नकै लागि धेरै सास्ती र जोखिम मोल्नु परेको विषयलाई आफूले गम्भिरताका साथ लिएको बताइन् । वडा अध्यक्ष दुर्गा सुवेदीले बस्तीको उचित व्यवस्थासहित संरक्षण वा स्थानान्तरणका बारेमा बृहत छलफल गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?