ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

सुरक्षा योजनाको कार्यान्वयन गर्न जिफन्टको आग्रह

२० मंसिर २०७५, बिहीबार
२० मंसिर २०७५, बिहीबार

अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सरकारले हालै ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको छिटो कार्यान्वयनमा जान रोजगारदातालाई आग्रह गरेको छ ।
सरकारले लाखौं श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन ल्याएको सुरक्षा योजनाको छिटो पूर्ण रूपमा कार्यान्वनमा जान आग्रह गरेको हो । सुरक्षा योजनाको विपक्षमा जाने छुट कुनै पनि रोजगारदातालाई नभएको महासंघको भनाइ छ ।
सामाजिक सुरक्षा विभागका संयोजक तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी उपाध्यक्ष कमल गौतमले सामाजिक सुरक्षा योजनाले रोजगारीमा रहेको विभेद अन्त्य गरेको भन्दै रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आग्रह गरे ।
योजना (स्किम) लागू भएपछि कर्मचारी तथा श्रमिकको सामाजिक सुरक्षा सुनिश्चत हुने गौतमले बताए । ‘यसले रोजगारदाताको दायित्व व्यवस्थापन पनि सहज हुनेछ’ गौतमले भने, ‘यसले नेपालमा असल श्रम सम्बन्ध कायम हुने र लगानीमैत्री वातावरण र रोजगारको अवसर पनि सिर्जना हुनेछ ।’
‘जागिर खाँदा जुन विभेद थियो त्यो अब अन्त्य भयो’ गौतमले थपे, ‘सरकारी जागिर खानेले मात्र पेन्सन पाउने व्यवस्था थियो, त्यो अब हट्यो । अब निजी क्षेत्रमा काम गर्ने श्रमिकहरूले पनि पेन्सन पाउनेछन । यो आफ्नो मुलुकमा रोजगारी गर्ने मजदूरका लागि ठूला योजना हो । यसको पूर्ण कार्यान्वयनका लागि सबै क्षेत्रमा काम गर्ने श्रमिक र रोजगारदाता पनि लाग्नुपर्छ ।’
योजनामा विषेशत चार वटा सुविधा रहेका छन् । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा र वृद्धावस्थामा सुरक्षाको सुविधा रहेका छन् । सुरक्षा योजना मंसिर ११ गतेदेखि सुरू भएको छ । कोषको योजनाका लागि सहभागी हुन रोजगारदाताले सरकारले ल्याउको अनलाइनमा गई सूचीकृत हुनुपर्छ । रोजगारदातालको सुचीकरणको कार्य मंसिर ६ गतेदेखि सुरू भइसकेको छ । आफू सूचीकरण भएको तीन महिनाभित्र रोजगारदाताले आफ्ना कर्मचारी तथा श्रमिकको समेत सूचीकृत गरिसक्नुपर्छ ।
त्यसपछि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकममा रोजगारदाताले २० प्रतिशत रकम थप गरी ३१ प्रतिशत बराबरको योगदान रकम मासिक रूपमा कोषमा जम्मा गनुपर्नेछ ।
गौतमले थपे, ‘यो कोषमा राज्यले पनि १० प्रतिशत लगानी गर्न हामीहरू आग्रह गरेका छौं ।’ कोषमा हालसम्म ५५ अर्ब रूपैयाँ जम्मा भइसकेको छ ।
३१ प्रतिशत रकम कोषमा जम्मा भएपछि मजदूहरूले पेन्सन स्वरूप जीवनको आर्थिक निरन्तरता पाउनेछन् । हाल सरकारले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० निर्धारण गरेको छ । गौतमले आउँदो माघ १ गतेदेखि यस क्षेत्रमा पनि प्रतिष्ठानमा दर्ता सुरू हुने जानकारी दिए । सात वटै प्रदेशमा सामाजिक सुरक्षा कार्यालय खुल्ने गौतमको भनाइ छ । सामाजिक सुरक्षा कोष कार्यान्वन नगर्ने रोजगारदातालाई १ लाख जरिवाना र १ वर्ष कैदको व्यवस्था कानूनमा गरिएको छ ।
जिफन्ट प्रदेश नम्बर पाँचका अध्यक्ष हरि कार्कीले सरकारले ल्याएको कार्यक्रम श्रमिकका लागि कोषेढुंगा भएको बताए । कोेषबाट सञ्चालन हुने योजना अन्तर्गत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सेवा प्राप्त गर्न सामाजिक सुरक्षा कोषमा ६ महिना योगदान गर्नुपर्ने बताए । कार्यक्रममा हुमाकान्त काफ्ले लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?