© २०२३
हाटबजार ब्यवसायी संघ रूपन्देहीको बुटवलमा भएको १३ औं स्थापना दिवस तथा साधारणसभामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख एकराज विश्वकर्माले हाट बजार व्यवसायीहरूको समस्या समाधानको लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । कार्यक्रममा विकले ब्यवसायिका समस्याहरू धेरै भएकाले त्यसतर्फ जिल्ला समन्वय समिति सकारात्मक रहेको बताए । उनले स्थानीय तहले ब्यवसायिका समस्या सम्बोधन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा ब्यवसायीका समस्या राख्दै संघका अध्यक्ष भीमलाल ज्ञवालीले एकातर्फ बैठकीकर धेरै असुल्ने स्थानीय सरकारले हाटबजार क्षेत्रमा पूर्वाधार निर्माणमा बेवास्ता गरेर हाटबजार ब्यवस्थापनमा समेत समस्या थपिदिएको आरोप लगाए । अध्यक्ष भीमलाल ज्ञवालीले एकातर्फ बैठकीकर धेरै असुल्ने स्थानीय सरकारले हाटबजार क्षेत्रमा पूर्वाधार निर्माणमा बेवास्ता गरेर हाटबजार ब्यवस्थापनमा समेत समस्या थपिदिएको आरोप बताए । उनले रूपन्देहीका विभिन्न १ सय २० स्थानमा हाटबजार लाग्ने र त्यहाँबाट ५० हजार बढीले प्रत्यक्ष रोजगारी पाउँदा पनि स्थानीय सरकारले पूर्वाधार वृद्धिमा चासो नदिँदा हाटबजार ब्यवसायी विस्थापित हुने दरमा पनि बृद्धि हुने गरेको बताए । कार्यक्रममा कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, बुटवलका पुर्वमेयर पुनाराम पोखरेल, नेकपाका नेता बाबुराम पन्थी, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्याल, जिफन्टका नेता हरि कार्की, लुम्बिनी फलफूल तथा तरकारी ब्यवसायी संघका अध्यक्ष केशव कुँवर, संघका उपाध्यक्ष छवीलाल चापागाई, महासचिव नेत्रप्रसाद पोखरेल लगायतले आ–आफ्नो धारणा राखेका थिए । à