© २०२३
महिलाहरू गर्भबाटै असुरक्षित भएकोे नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । मंगलबार महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालय काठमाडौंले सुर्खेतमा आयोजना गरेको लैङ्गिक हिंसा अन्त्यका लागी सरोकारवाला निकाय संगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘महिलाहरू गर्भबाटै सुरक्षित छैनन् । लिङ्ग पहिचान गरी गरिने भ्रुण हत्या यसको गतिलो उदाहरण हो ।’ महिला हिंसा अन्त्यका लागी १६ दिने अभियान मात्रै पूर्ण नभएको भन्दै मन्त्री ज्ञवालीले यस्ता खालको अभियानहरू सधै चलाउनुपर्ने बताए । उनले थपे ‘कञ्चनपुरकी १३ वर्षीय बालीका निर्मला पन्तले न्याय पाएकी छैनन् । सरकार निर्मलाका हत्याराको खोजीमा लागीरहेको छ ।’ महिला हिंसा न्युनिकरणका लागी महिला स्वयम् पनि निडर हुनुपर्ने समेत मन्त्री ज्ञवालीले बताए । उनका अनुसार बलात्कारीलाई फांसी दिने कुरा मात्रै समस्याको समाधान होइन । सरकार बलात्कारीलाई आजिबन काराबासको सजाय दिने कडा कानुनको निर्माण छ । देशभरका अन्य जिल्ला भन्दा कर्णाली धेरै कुरामा पछाडि रहेको भन्दै मन्त्री ज्ञवालीले कर्णाली पिछडिएको थियो भन्ने ईतिहास बनाउन सरकार लागी परेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयकी मन्त्री थममायां थापाले महिला हिंसा अन्त्यका लागि सरकार गम्भीर भएको बताइन् । उनले भनिन् ‘महिला हिंसा अन्त्यका लागी सरकार गम्भिर छ । यो अभियान जनस्तर सम्म पु¥याउनु पर्छ ।’ सबै भन्दा जनताको नजिक स्थानिय सरकार हुने भएकोले यसको बढि जिम्मेवारी स्थानीय सरकारले लिनु पर्ने मन्त्री थापाको भनाई रहेको थियो ।