© २०२३
प्रदेश पाँचका भौतिक पुर्वाधार बिकास मन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले यातायात क्षेत्रको समस्या समाधानका लागि प्रदेश सरकार प्रयत्नशिल रहेको बताएका छन ।
बिगतमा सडक निर्माण, निति निर्माण र सवारी दर्ता गर्दा दुरदर्शिताको अभाव रहेका कारण हाल आएर समस्या उत्पन्न भएको उल्लेख गर्दै मन्त्री चौधरीले अव संघिय, प्रदेश र स्थानिय सरकारबिच समन्वय र सहकार्य गर्दै दिर्घकालिन सोंचका निति निर्माण गर्नुपर्ने बताए ।
लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको पाँचौं साधारण सभामा बोल्दै मन्त्री चौधरीले सवारी साधनहरूको ब्यबस्थापन र दुर्घटना न्यूनिकरण यातायात क्षेत्रका प्रमुख चुनौती बन्दै गएकोमा चिन्ता ब्यक्त गर्दै मन्त्री चौधरीले सवारी दर्ता, पार्किङ्ग अभाव लगाएतका समस्या र चुनौतीका बिषयमा सरकार गम्भिर भएर लाग्नु पर्ने अवस्था आएको बताए ।
कुल ४ सयवटा साना तथा मझौला ढुवानीका साधनहरू रहेको सो संस्थाको साधारण सभामा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधीहरूले यातायात सम्बन्धि निति, नियम र कार्यबिधि बनाउँदा सबै सरोकारवालाहरूसँग छलफल गर्न, ट्राफिक नियम लगाएतका बारेमा बिद्यालय स्तरमै पाठ्यक्रम बनाउन र दिगो बिकासको लक्ष हासिल गर्न समेत आग्रह गरेका छन । कार्यक्रममा बुटवल उपमहानगरपालीकाका उपप्रमुख गुमादेवी आचार्यले बुटवलमा सवारीको चाप अत्यधिक बढेको र पार्किङ्ग समस्या समाधान गर्न बिशेष खालका पार्किङ्ग स्थलहरू निर्माण गर्ने सोंच बनाइएको जानकारी गराईन । यातायात महासंघका पुर्व अध्यक्ष अर्जुन रानाभाटले यातायात ब्यबसायीहरूको समस्याप्रति सरकार गम्भिर नरहेको भन्दै गुनासो गरे ।
पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले यातायात क्षेत्रका धेरै समस्याहरू मध्ये चेतना अभाव पनि एक समस्या भएको टिप्पणी गर्दै सवारी सम्बन्धि शिक्षालाई ब्यापक बनाउनु पर्ने आवश्यक्ता औंल्याए । लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघका अध्यक्ष लक्ष्मण क्षेत्री, यातायात महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, प्रदेश संयोजक यमप्रसाद पाण्डे, यातायात मजदुर भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, ढुवानी संघका उपाध्यक्ष दिनेश थापा, पत्रकार सन्जु पौडेल लगाएतले साना तथा मझौला ढुवानी ब्यबसाय क्षेत्रका समस्या र समाधानका उपायहरू बारेमा चर्चा गरेका थिए । à