ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

‘अपाङ्गमैत्री प्रदेश बनाउन पहल’

१८ मंसिर २०७५, मंगलवार
१८ मंसिर २०७५, मंगलवार

प्रत्येक बर्षको डिसेम्बर ३ तारिखको दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस प्रदेश ५ मा पनि मनाइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर ५ कमिटी र सामाजिक विकास मन्त्रालय प्रदेश ५ को संयुक्त आयोजनामा बुटवलमा प्रदेशस्तरीय २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो ।
“अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण र समावेशिता र समानताको सुनिश्चितता’ र राष्ट्रिय नारा “मलाई गणना गर, समावेश गर’ भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।
बुटवलको राजमार्ग चौरहाबाट व्यान्ड बाजा सहित सुरु भएको विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूको ¥याली मुख्यमन्त्री निवास नजिकै राष्ट्रिय अपाङ्ग महसंघ प्रदेश ५ को कार्यालय परिषरमा गएर सभामा परिणत भएको थियो ।
¥यालीपश्चात आयोजना गरिएको सभालाई सम्बोधन गर्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अपाङ्ग मैत्री प्रदेश बनाउनको लागि सबैले हातेमालो गर्नुपर्ने धारणा राखे । हरेक अपाङ्गता भएका व्यक्तिहरूमा फरक प्रकृतिको क्षमता हुने भन्दै मन्त्री बरालले राज्यले उनीहरूको विशेष क्षमतालाई पहिचान गरी क्षमताको उचित कदर र उचित अवसर प्रदान गर्नेमा ढुक्क हुन आग्रह गरे । उनले हजारांै चुनौतिको सामना गर्दै व्यक्ति सफल हुने भन्दै उक्त सफलताको पाटोमा अपाङ्गता भएका व्यक्तिहरूको क्षमता साँच्चैनै अनुकरणीय भएको बताएका थिए ।
उनले भने–‘अपाङ्गता भएका व्यक्तिहरूलाई मुलधारमा ल्याउनको लागि हरेक सचेत नागरिकहरूले साथ दिनुपर्दछ, राज्यस्तरबाट हुने अवसरमा कुनै पनि कमी हुन दिने छैन ।’ अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रदान गर्ने विषय लगायत उनीहरूको राज्यले प्रदान गर्ने सेवा सुबिधा, रोजगारीका अवसरहरूमा प्राथमिकता दिने प्रतिवद्धता समेत जनाएका थिए ।
अपाङ्ग मैत्री कानुन निर्माणको क्रममा प्रदेश सरकार रहेको भन्दै उनले कानुन कार्यान्वयनसँगै अपाङ्ग मैत्री प्रदेश‘प्रदेश नम्बर ५ ’ घोषणा गरिने समेत बताएका थिए ।
यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश ५ का सचिव कृष्ण प्रसाद ज्ञवाली, ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख शुसिल बैद्य, सामाजिक विकास मन्त्रालय प्रदेश ५, महिला तथा बालबालिका जेष्ठ नागरिक महाशाखा प्रमुख शुसिला पन्थ, गैससं महासंघ प्रदेश सचिव गोविन्द प्रसाद रेग्मी, संघीय अनुसन्धान समितिका सदस्य गोकर्ण प्रसाद आचार्य, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ अध्यक्ष देवी दत्त आचार्य, प्रदेश उपाध्यक्ष शारदा भट्राई, सचिव हुमनाथ अधिकारी लगायतले बोलेका थिए । सोही कार्यक्रममा नेपालमा नै पहिलो पटक बहिरोपना भएका व्यक्तिहरूले नृत्य समेत प्रस्तुत गरेका थिए भने एउटा खुट्टा मात्रैले संगीता चौधरीले नृत्य प्रस्तुत गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?