© २०२३
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेल घुससहित पक्राउ परेका छन् । आइतबार दिउँसो अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले अहेबको अन्तरवार्तामा पास गराइदिने भन्दै १ लाख रूपैयाँ घुस लिँदालिँदै पौडेललाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता एवं सह–सचिव रामेश्वर दंगालले थप अनुसन्धान भइरहेको बताए । स्वास्थ्य सेवा अन्तर्गत ११ औं तहमा कार्यरत पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक हुँदा पनि विवादित बनेका थिए । à