ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

पार्टी मिल्यो,भागवन्डा पुरानै

१२ मंसिर २०७५, बुधबार
१२ मंसिर २०७५, बुधबार

पार्टी एकीकरणको लामो समय सम्म तल्ला कमिटी सम्म एकीकरण गर्न नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रोल्पामा भने स्थानीय तहसम्म भागवण्डा मिलाएको छ । स्थानीय तह एकता कार्यदलको केही दिन अघि बसेको बैठकले यस्तो टुंगो लगाएको हो ।
कार्यदलको निर्णय वमोजिम अव जिल्लाका रुन्टीवढी, त्रिवेणी,गंगादेव र लुंग्री गाउँपालिकामा पूर्व एमालेले नेतृत्व गर्नेछ । यसैगरि रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र सुनिल स्मृती गाउँपालिकामा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने भएको छ । दश मध्ये पूर्व एमालेले ४ र पूर्व माओवादी केन्द्रले ६ स्थानीय तहको नेतृत्व गर्ने सहमति भयो कार्यदल सदस्य हरिप्रसाद घर्तीले भने ।

गत वर्षको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मानी उक्त भाग वण्डा गरिएको बताइएको छ । स्थानीय तह निर्वाचनमा रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका पूर्व एमाले उम्मेदवार निर्वाचित भएका गाउँपालिका थिए । यसैगरि गंगादेव गाउँपालिकामा पूर्व माओवादी केन्द्रका उम्मेदवारसंग एमाले उम्मेदवार झिनो मतान्तरले पराजित भएका थिए । नेपाली कांग्रेसले जितेको जिल्लाको एक मात्र गाउँपालिका लुंग्री गाउँपालिकाको नेतृत्व समेत पूर्व एमालेले गर्ने भएको छ । पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएका स्थानीय तहहरूमा रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र सुनिल स्मृती गाउँपालिकामा पूर्व एमालेसंग ठूलो मतान्तरण रहेका स्थानीय तहहरू हुन । पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने सवै स्थानीय तहमा नेपाली कांग्रेस सशक्त प्रतिपक्षको रूपमा रहेको वताईन्छ । परिवर्तन गाउँपालिका स्थानीय तह निर्वाचनमा तत्कालिन माओवादी केन्द्रले क्लीन स्वीप गरेको जिल्लाको एक मात्र स्थानीय तह हो । माडी गाउँपालिकामा तत्कालिन एमाले र नेपाली कांग्रेसले गठवन्धन गरि निर्वाचन लडेका थिए भने वहुचर्चित थवाङ गाउँपालिकामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय कार्यकर्ता र नेपाली कांग्रेसले गठवन्धन गरि स्थानीय निर्वाचनमा भाग लिएका थिए ।
तत्कालिन पार्टी कमिटीको नेतृत्व गर्ने पदाधिकारीले नै एकीकृत पार्टीको समेत नेतृत्व गर्ने गरि मापदण्ड वनाएका छौ कार्यदल सदस्य घर्तीले भने । नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था आए सहमतिका आधारमा आएको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय भएको छ घर्तीले भने । दश स्थानीय तहलाई वरावर भागवण्डा गर्ने पूर्व एमालेको अडान रहे पनि पूर्व माओवादीले पार्टीको आधार ईलाको रूपमा रोल्पालाई लिदै आउदा एकीकरणमा ढिलाई भएको वताइएको छ । स्थानीय तह एकता कार्यदलमा पूर्व माओवादी केन्द्रवाट सुरेन्द्र थापा र आशवहादुर पुन रहेका छन भने पूर्व एमालेवाट हरिप्रसाद घर्ती र कुमार दशौदी सदस्य रहेका छन । थापालाई एकीकृत पार्टीको जिल्ला अध्यक्ष तोकिएको छ । नेतृत्व वारे भएको सहमति संगै अव स्थानीय तहको एकताले मुर्त रूप लिन्छ कार्यदल सदस्य घर्तीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?