© २०२३
बुटवल,२७ फागुन । रुपन्देहीको राममणि वहुमुखी क्याम्पसमा स्ववियु सभापति पदमा उम्मेदवारी दर्ता गर्ने क्रममा अखिल क्रान्तिकारी रुपन्देहीका सचिव सागर न्यौपानेमाथि नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सांघातिक आक्रमण गरेको भन्दै नेकपा माओवादी तिलोत्तमा नगर कमिटीले आक्रमणमा संलग्नमाथि कारवाहीको माग गरेको छ । माओवादी केन्द्र तिलोत्तमा नगर कमिटी अध्यक्ष बेलप्रसाद शर्माले शनिबार सांझ विज्ञप्ति जारी गर्दै शनिबार क्याम्पसमा मनोनयन दर्ता गर्ने क्रममा नेपाल विद्यार्थी संघका एरिक केसी,रेशम कार्की र गोबिन्द उपाध्याय लगायत १०–१५ जनाको समूहले स्ववियु सभापति पदका उम्मेदवार सागर न्यौपानेमाथि सांघातिक हमला गरेको हुंदा उक्त घटनाको घोर निन्दा गर्दै उनीहरुमाथि कानून अनुसार कारवाही र क्याम्पसबाट निश्कासन गर्न माग गरिएको छ ।
यसैगरी अखिल क्रान्तिकारी राममणि वहुमुखी क्याम्पस इकाई कमिटीका संयोजक क्षितिज कुमार न्यौपानेले पनि एक विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारी रुपन्देहीका सचिव सागर न्यौपानेमाथि नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले गरेको सांघातिक आक्रमणको निन्दा गर्दै आक्रमणमा संलग्नमाथि कारवाही र क्याम्पसबाट निश्कासन गर्न क्याम्पस प्रमुख समक्ष माग गरिएको छ ।