© २०२३
बुटवल,२२ फागुन । तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगितामा छात्र र छात्रा दुबै विधामा कुंवरवर्ती इङलिस बोर्डिङ स्कुल तिलोत्तमा ८ प्रदीपनगर च्याम्पियन भएको छ । शान्ति नमुना माध्यमिक विद्यालय मणिग्राममा भएको फाइनल खेलमा कुंवरवर्तीले छात्रतर्फ सेन्ट जोसेफ बोर्डिङ भलबारीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस्तै छात्रातर्फ नवज्योति बोर्डिङ स्कुललाई ३–० को सोझामे सेटमै पराजित गरेको हो ।
तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु. ३० हजार, द्वितीय हुने समुहले २० हजार र तृतीय हुने २ समुहले १० हजार सहित मेडल र ट्रफि प्राप्त गरेका छन् । यसअघि बासुदेव घिमिरे नगर प्रमुख हुंदा प्रथम पुरस्कार ५० हजार भएकामा नयां नगर प्रमुख रामकृष्ण खांण आएपछि पुरस्कार राशी घटाएको भन्दै खेलप्रेमीहरु रुष्ट भएका छन् । देशको राष्ट्रिय खेलको मान्यता पाएको भलिबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गरेर खेलाडीलाई हौसला दिनुको साटो झण्डै आधा रकम घटाउनुले स्थानीय सरकार खेलकुदको विकास प्रति अनुदार छ भन्ने पुष्टी गरेको तिलोत्तमा ८ का माओवादी केन्द्रका नेता लक्ष्मण खनालले बताए ।