© २०२३
बुटवल,१६ फागुन । चिठ्ठाको नाममा पावर बैंक पर्यो भनी पावर बैंकको नाममा नक्कली वस्तु बिक्री गर्ने दुई जना भारतीय रुपन्देहीको सालझण्डीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला, चन्दनताय गाउँ बस्ने २८ वर्षीय विवेक कुमार भट्ट र सोही ठाउँका २५ वर्षीय सर्वेश कुमार भट्ट रहेका छन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार उनीहरुको साथबाट एमआई २० हजार मेघा एम्पीएर लेखिएको प्लाष्टिकको बट्टा ६ थान, डाटा केबल ६ थान, साडी, कुर्ता, सर्ट पाईन्ट एक(एक थान, स्क्रयाच कुपन ७९ थान पक्राउ गरिएको छ । यसैगरी ठगी गर्न प्रयोग गरिएको प्रेस लेखिएको यूपी ५५ एएफ १५१९ नम्बरको स्पेलेन्डर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो सैनामैना नगरपालिका–१० सालझण्डी झिमझिमेस्थितमा भारतीय नम्बरको मोटरसाइकल अगाडि पछाडि प्रेस लेखिएको मोटरसाइकलमा आएका दुई जना मानिसहरुले नेपाली ५० रुपैयांको को चिठ्ठा काटेमा एमआई कम्पनीको मोवाईलको ओरिजिनल पावर बैंक र कपडा पर्ने भनि मानिसहरुलाई आकर्षित गरी ठगेको फेला परेका थिए । चिठ्ठा स्क्रयाच गर्दा सबैमा पावर बैंक पर्छ । भारतीयहरुले पहिले नै सेट गरिएको कुपनहरु पावर बैंक पर्नेगरी बिक्री गरी गरेका हुन्छन् ।
उक्त पावर बैंक परेपछि पुनः नेपाली रु १२०० रुपैया दिनु पर्ने र सो पावर बैंकको बजार मुल्य ३२०० पर्ने उनीहरुले बताउँछन् । उनीहरुले पावर बैंकमा हाल चार्ज नभएको र घरमा लगी ४–५ घण्टा चार्ज गरेपछि मात्र काम गर्छ भनि मानिसहरुलाई बताउँछन् । ५० रुपैयाँको चिठ्ठामा ३२ सय पर्ने चिज १२ सयमा पाउने भएपछि खुसीहुँदै घरमा लगेर मानिसहरुले पावर बैंक घरमा लगेर घण्टौ चार्ज गर्दा पनि चार्ज नभएपछि आफू ठगिएको शंका गर्न थाल्छन् ।
चार्ज नभएको पावर बैंकलाई खोलेर हेर्दा भित्र माटोमात्रै भेटिएपछि उनीहरुलाई बल्ल मात्रै आफू ठगिएको पत्ता लाग्छ । आफू ठगिएपछि प्रहरीमा उजुरी आएसँगै अनुसन्धानका लागि पक्राउ गरिएका भारतीयको साथबाट झुक्क्याउन राखिएको सामग्रीहरु फेला परेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी