ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
विकासको लहर

गाउँ पस्दै पक्की सडक

गाउँमै कृषि उद्यमबाट आम्दानी भएपछि पढेलेखेका केही युवा विदेश जान रोकिएका छन् । सडकलाई नाली, वाल सहितको स्तरोन्नती गर्दै ग्राभेल र पिच गरिँदैछ । जनप्रतिनिधिले आफ्नो ५ वर्षे कार्यकालमा गाउँका सडकलाई पिच गर्ने होडबाजी चलाएका छन् ।
१० फाल्गुन २०७९, बुधबार
१० फाल्गुन २०७९, बुधबार

अर्घाखाँची, फागुन- टोलैपिच्छे सडक सञ्जाल भएको अर्घाखाँचीमा गाउँका कच्ची बाटा धमाधम पीच हुँदैछन् । स्थानीय तहले गाउँका मुख्य सडकलाई पिच, ग्राभेल र स्तरोन्नतीले यातायातमा मात्रै सहज होइन, बाह्रै महिना गाडी चल्दा गाउँको तरकारी, खसीबोका, कुखुरा, अण्डा, दूध सहितका उत्पादित वस्तु सदरमुकामदेखि बुटवल र काठमाडौ लगायत शहरमा पुगेका छन् । गौरवका आयोजनामा नामाकरण गरी संघ र प्रदेश सरकारको बजेटबाट पनि सडक निर्माण भैरहेका छन् ।
गाउँमै कृषि उद्यमबाट आम्दानी भएपछि पढेलेखेका केही युवा विदेश जान रोकिएका छन् । सडकलाई नाली, वाल सहितको स्तरोन्नती गर्दै ग्राभेल र पिच गरिँदैछ । जनप्रतिनिधिले आफ्नो ५ वर्षे कार्यकालमा गाउँका सडकलाई पिच गर्ने होडबाजी चलाएका छन् ।

मालारानी गाउँपालिकाका ९ वटा वडा छन् । जहाँबर्खामा पनि सरर मोटर चल्छन् । ५ वर्षमा पालिका भित्रका छ वटा सडकको १२ किलोमिटर पीच भए । निर्वतमान गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले आफ्नो ५ वर्षे कार्यकालमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अन्तरगत अग्लाटारीबाट आरुखोरसम्म एक किलोमिटर, आँटीपाट देखि बरम्कोट ४ किमी, देउराली–वामरुक ८ सय मिटर, खनदह बजार एक किमी र डाँडाकटेरी क्षेत्रमा ५ किमी सडक पिच गराए ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडक पिच हुन थालेपछि स्थानीय ढंग छन् । वैशाखको चुनावपछि पालिकाको नेतृत्वमा आएका दलबहादुर भट्टराइले बाँकी सडकलाई पीच, ग्राभेल र स्तरोन्नती गर्ने बताए । मालारानीको भुगोलबाट राष्ट्रिय सडक सालझण्डी–सन्धिखर्क–ढोरपाटन, पोखरा–सुर्खेत निर्माणको काम संघको क्रमागत बजेटबाट भैरहेको छ । सन्धिखर्क–खनदहलाई प्रदेश सरकारबाट पिच गर्न बजेट परेको छ ।

‘सडकलाई पिच र स्तरोन्नती गरेर थप सुदृढ पार्ने लक्ष्य छ,’ भट्टराइले भने, ‘बाटो राम्रो भएपछि आउजाउलाई सहज त हुन्छ नै । नियमित गाडी चल्ने भएपछि गाउँमा किसानले उत्पादन गरेको दुध, तरकारी, खसीबोका, कुखुरा बजारमा पु¥याएर किसानले आम्दानी लिन्छन् ।’
भुमिकास्थान नगरपालिकामा अहिलेसम्म लात्तेबाजे कमिरेसम्म १० किमी, बाँझखर्क देखि खिल्जीसम्म ३ किमी, घाटाखोला देखि धारापानी रातामाटासम्म ८ किमी सडक पिच भएको छ । बहुवर्षीय योजनाको ठेक्का भएर असुरकोट–खिल्जी हुलाकसम्म १० किमी पिचको काम भएको छ । छेडा देखि, चिउरामाटी, रातामाटा देखि ढाकावाडसम्म पिचको प्रक्रियामा छ । चुत्रावेशी देखि नगरपालिका कार्यालयसम्म प्रदेशले पिच गरिसकेको छ ।

सडक फराकिलो पार्ने, वाल उठाउने, जाली लगाउने, सडक माथितल विरुवा रोप्ने र ग्रेट मिलाउने काम स्थानीय तहले गरेका छन् । स्थानीय तहले शुरु गरेको सडक पिचलाई संघ र प्रदेश सरकारले पनि बजेट पारेर सहयोग गरेका छन् ।
छत्रदेव गाउ“पालिकाले खुर्सानेडाँडा देखि फेंदीसम्म पिच ग¥र्याे । सबै वडा कार्यालय पहुँच मार्ग ढलान र पिच गर्ने काम भएको छ । बर्खामा बाटो बिग्रने र सोहोर्नेमा धेरै खर्च भएकाले नाली काट्ने, हिम पाइप राख्ने काम भैरहेको छ । संघ र प्रदेशको रणनीतिक योजनाबाट रिडी–खज्याङ–बल्कोट, सल्लिकोट–जरेखोला–ठुलापोखरा पाटी, सन्धिखर्क–तम्घासमा धमाधम पिचको काम भएको छ ।

‘गाउँको सडक विकासको मेरुदण्ड हो,’ छत्रदेव गाउँपालिका निवर्तमान अध्यक्ष लेखनाथ पोखरेलले भने, ‘घरैपिच्छे सडक हुनुपर्छ । सडक नभए विरामीलाई अस्पताल र बारीको उत्पादन बजार पु¥याउन सक्दैन ।’ गाउँमा मोटरसाइकल चढेर जाँदा बर्खामा हिलो र हिउँदमा धुलो लाग्ने घरमा मान्छे जान नखोज्ने उनले बताए । ‘पिच सडक भएपछि जीवनस्तर नै परिवतर्न हुन्छ,’ उनले भने, ‘अहिले त कस्तोसम्म हुन्छ कि विहेबारी गर्न केटी हेर्न जाँदा कपडामा हिलो, धुलो लाग्यो भने त्यहाँ जान रुचाउँदैनन् । मोटरसाइकल, गाडी डाँडोमा राखेर कोही धुलोमा पैदल हिड्दैनन्, घरआगनसम्म पिच सडक अति आवश्यक छ ।’

गाउ“का घरआगनसम्म पिच सडक भएमा पर्यटक धेरै भित्रिने, उत्पादित वस्तु सहजै बजार पठाउन सकिने, वस्ती आकर्षक र सुन्दर देखिने तथा विकासले गाउँको जीवनस्तर नै उच्चस्तरको हुने भएकाले सबै सडक पिच गर्नु जरुरी रहेको पोखरेलले बताए । ‘छोटो समयमै आउजाउ गर्न सकिने गरी सडक पिच हुनुपर्छ,’ उनले भने ।
संघको बजेटबाट पाणिनि गाउँपालिकामा घुम्ती–पाल्पा सडक फराकिलो र पिचको काम भैरहेको छ । यहाँ उत्पादित सुन्तला, दुध, तरकारी पाल्पा हुँदै बुटवलसम्म पुग्छ । जिल्लाका छ स्थानीय तहमध्ये शितगंगा नगरपालिका केही दुर्गम गाउ“ छन् । सिद्धारा, सिमलपानी, जलुके, जुकेना गाउ“मा टोलैपिच्छेका सबै कच्ची सडकमा बर्खामा गाडी चल्दैनन् । भौगोलिक जटिलताका कारण केही सडकमा गाडी चढन् हिउँद पर्खनुपर्ने भएतापनि नगरपालिकाले ४ वटा सडकलाई गौरवको आयोजना नामाकरण गरी पिच गर्न बजेट छुट्टाएको छ । ठाडा–जलुके–ऐरावती, सितापुर–सुवर्णखाल, सिमलपानी–पावर र सिद्धारा–धानखोलालाई नगर गौरवको आयोजना नामाकरण गरी पहिलो प्राथमिकतामा राखेको नगरपालिका योजना प्रमुख नुमलाल खनालले बताए । ‘चार सडकलाई ग्राभेल मात्रै होइन, पिच गर्न हो,’ उनले भने, ‘शितगंगाको पहिचान र उत्पादित वस्तु बजारसम्म पु¥याएर पढेलेखेका युवालाई गाउँमै कृषि उद्यममा जोड्ने लक्ष्य हो ।’

पहाडबाट तराइमा बढ्दो बसाइसराई रोक्न, कृषि अनाज उत्पादनमा वृद्धि ल्याई त्यसको बजारीकरण गर्न र पर्यटन प्रवद्धनमा वृद्धि ल्याउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले पहाडी लोकमार्ग रामपुर–कपुरकोट बहुउद्देश्यीय सडक निर्मँण थालेको छ । पाल्पाको रामपुरबाट, अर्घाखाँची हुँदै प्युठान, रोल्पा र सल्यानको कपुरकोट जोड्ने छ । जीवराज आश्रित, कृष्णसेन इच्छुक नाम दिइएको रामपुर–कपुरकोट सड्क लुम्बिनी प्रदेशको गौरवको बहुवर्षीय आयोजना हो ।
रामपुर–कपुरकोट सड्क तीन सय किमी छ । जसमध्ये पाल्पामा एक सय १२, अर्घाखाँचीमा ७८, प्युठानमा ६७, रोप्लामा ३५ र सल्यानको सीमादेखि कपुरकोटसम्म ८ किमी दुरी पर्छ ।
लुम्बिनी आएका पर्यटकलाई छ जिल्लाका धार्मिक पर्यटकीय गन्तव्यमा पु¥याउन धेरै सहज हुने लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले बताए । ‘पहाडमै एक ठाउँको उत्पादन अर्काे जिल्लामा पु¥याएर आर्थिक कारोबार वृद्धि गर्ने हो,’ उनले भने, ‘सडकले नै सबै विकास र सृमद्धिका मुल फुटाउँछ ।’
एकैदिन हिमाल, पहाड र तराई घुम्न सकिने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको काम जारी छ । नेपालमा सिकार खेल्न आउने विदेशी पर्यटक यही बाटो आउजाउ गराउने लक्ष्य रहेको छ ।
‘सबै सडक पिच भएको जिल्ला अर्घाखाँची बनाउने हो,’ पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायामाझीले भने, ‘पिच सडक भएपछि सरर हरेक गाउँमा घुम्न सकिन्छ । अर्घाखाँचीलाई नमूना जिल्ला बनाउने गरी धमाधम सडकको काम भएको छ ।’ अर्घाखाँचीलाई पहाडी जिल्लाको संगमस्थल, स्वदेशी तथा विदेशी पर्यटकलाई डाँडाकाँडा घुमाउने, धार्मिक गन्तव्य, कृषि उत्पादनबाटै युवालाई स्वरोजगार बनाइने उनले दावी गरे ।
स्थानीय तहले नया“ बाटा खन्न बजेट खासै छुटाएका छैनन् । भएका सडकलाई स्तरोन्नती गर्दै पिच गर्ने होडबाजी चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?