© २०२३
बुटवल,५ फागुन । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीसहितको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर संघीयता खारेजी, गणतन्त्र, अनावश्यक खर्च कटौती, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको उपाध्यक्ष दुर्गा पौड्यालले बताइन् । यस अघि पार्टीका विभिन्न जिल्ला समितिले पनि प्रमुख जिल्ला अधिकारीमार्फत संघीयता खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।