© २०२३
घोराही,४ फागुन । घोराहीको धर्ना मावि विद्यालय ब्यवस्थापन समितिको लागि भएको निर्वाचनमा कांग्रेस, माओवादि र राष्ट्रिय स्वतन्त्र पार्टि समर्थित गठवन्धनलाई हराउदै एमाले समर्थित एकल प्यालन विजयि भएको छ । चार सदस्यका लागि भएको निर्वाचनमा एमाले समर्थित प्यानल ५० मतको अन्तरले विजयि भएको हो । निर्वाचन समितिका अनुसार जितबहादुर केसिले २ सय ४४, राजकुमार चौधरीले २ सय ४२, पुजा घर्तिले २ सय ४५, गीता विकले २ सय ४३ मत पाएर विजयी भएका छन् । माओवादि, कांग्रेस र स्वतन्त्र पार्टि समर्थित गठवन्धनको तर्फवाट उम्मेद्वार स्वतन्त्र पार्टिका सदस्य लुमबहादुर केसि १ सय ९४, अनिल चौधरी १ सय ९६, कल्पना नेपालि १ सय ९५ र हिमा डाँगिले १ सय ९३ मत प्राप्त गरेका छन् । विजयि सदस्यहरुलाई वधाई तथा शुभकामना दिदै प्रमाण पत्र घोराही उपमहानगरका शिक्षा शाखा प्रमुख नारायण पौडेल, कार्यालयकै अधिकृत घनश्याम वलि, घोराही ५ का वडा अध्यक्ष विवेक बुढाथोकिले प्रदान गरेका थिए ।
तस्वीर सौजन्य : निशान भट्टराई