ट्रेंडिंग:

>> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय
फन्ट पेज

‘मन-बिना’को जोडी नै शाखा अधिकृत

लोक सेवाको तयारी गर्दै गर्दा नेपालगञ्जमा दुई जनाको पहिलो भेट भएको थियो । मनबहादुर ०७३ सालमा निजामती सेवामा सेवा प्रवेश गरेका थिए भने विनाले ०७४ सालमा प्रवेश गरेकी हुन् । यो पटकको प्रशासन समूहको शाखा अधिकृतमा दुबै जानले सफलता पाएका हुन् ।
२९ माघ २०७९, आईतवार
२९ माघ २०७९, आईतवार

बाँके, माघ – दैलेखको ठाटीकाँध गाउँपालिका–६ भडाचौरका मनबहादुर थापा (२६) र उनकी श्रीमती विना केसी (२६) नेपाल प्रशासन समूह शाखा अधिकृतमा एकै पटक सिफारिस भएका छन् । उक्त जोडिको सफलता लोक सेवा आयोग प्रति रुचि राख्नेहरूका लागि प्रेरणाका स्रोत बनेको छ । थापा दम्पतीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पदस्थापनको स्थायी नियुक्ति पत्र प्राप्त गरेका छन् ।

मनबहादुर ०७३ सालमा निजामती सेवामा सेवा प्रवेश गरेका थिए भने विनाले ०७४ सालमा प्रवेश गरेकी हुन् । लोक सेवाको तयारी गर्दै गर्दा नेपालगञ्जमा दुई जनाको पहिलो भेट भएको थियो । दुवै जना पढाई प्रति निकै लगाव राख्थे । ०७७ सालमा विवाह गरेका थिए ।
मनबहादुरले यो भन्दा पहिला एक पटक शाखा अधिकृतको लागि प्रयास गरिसकेका थिए । तर उनी सफल भएनन् । दोस्रो पटक जसरी पनि शाखा अधिकृत बन्छु भन्ने उनमा दृढता थियो । लगनशीलता र निरन्तर प्रयासले नतिजा आफ्नो पक्षमा आएको उनी बताउँछन् ।

विना भने पहिलो प्रयासमै शाखा अधिकृतमा सिफारिस भएकी हुन् । यसअघि विना सुर्खेत जिल्ला अदालमा नासुमा कार्यरत थिइन् भने मनबहादुर आफ्नै गृह पालिका ठाटीकाँधमा अधिकृत स्तर छैटौँ तहमा कार्यरत थिए ।
‘साइन्स’ विषय पढेका दुवै जनाले नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर गरेका थिए । श्री बालकल्याण आधारभूत विद्यालय गुयालसिममा प्राथमिक तहको अध्ययन गरेका मनबहादुरले श्री कृष्ण माध्यमिक विद्यालय लकान्द्रबाट एसएलसी पास गरेका थिए । त्यसपछि होलिल्याण्ड उच्च माध्यमिक विद्यालय नेपालगञ्जमा कक्षा १२ र १२ सम्मको अध्ययन गरे । विनाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढी बर्दियाबाट एसएलसी दिएकी हुन् भने त्रि–भुवन उच्च मावि कोहलपुरबाट कक्षा १२ पास गरेकी थिइन् ।

सामान्य परिवारमा जन्मेको उनका लागि पढाइको संघर्षका दिनहरू निकै प्रेरणादायी छन् । घरमा दुई भाइ र तीन बहिनी । घर खर्च जुटाउन र छोराछोरीको शिक्षा–दीक्षाका लागि बुबा भारतको कालापहाडमा मजदुरी गर्थ जान्थे । बुबाको मजदुरीबाट कमाएको पैसाले घर खर्चसँगै पढाई गर्नुपर्ने बाध्यता थियो बिगत सम्झदै मानबहानुर बताउँछन् ।

मनबहादुर पनि ३ पटक पैसा कमाउन कालापहाड गएको बताउँछन् । निजामती सेवाको प्रवेशसँगै केही समय मुगुको रारा राष्ट्रिय निकुञ्जमा काम गरेको अनुभव उनीसँग छ ।

शाखा अधिकृतको तयारी गर्दै गर्दा श्रीमान–श्रीमतीबीच नै प्रतिस्पर्धा गरेर अध्ययन गर्ने गरेको उनी बताउँछन् । त्यही कारणले सफलता प्राप्त हुन सकेको मनबहादुरले बताए । श्रीमतीले लेखेको कुरा श्रीमानले हेर्ने भने श्रीमानले लेखेको कुरा श्रीमतीले हेर्दै कमी कमजोरी कमीकमजोरी पत्ता लगाउने गरेको थापा दम्पत्ती सुनाउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?