© २०२३
बुटवल,२७ माघ । सरकार सञ्चालनका लागि बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।
संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा वैठक सुरु भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । नागरिकता मुद्दामा पार्टी अध्यक्ष रवि लामिछाने पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको लगायत बदलिएको राजनीतिक विषयमा वैठकमा छलफल हुने छ ।
सत्तारुढ गठबन्धनका तीन सहयात्री दल भने उपस्थित छैनन् । एमाले अध्यक्ष ओलीसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन बैठकमा सहभागी छन् । तर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ बैठकमा नगएका हुन् ।
यस्तै आसन्न राष्ट्रपति निर्वाचनका विषयमा पनि कुराकानी हुनसक्ने स्रोतले जनाएको छ ।