© २०२३
बुटवल माघ– जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले १ महिनाको अवधीमा १ करोड ७३ लाख १८ हजार ७ सय ६७ मूल्य बराबरको राजश्व दाखिला गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प) तथा मातहत प्रहरी ईकाई समेतबाट मिति २०७९।०९।१७ गते देखि मिति २०७९।१०।१८ गते सम्म (१ महिनाको अवधिमा) जिल्लाका बिभिन्न स्थानबाट १ करोड ६८ लाख २८ हजार ७ सय ६७ मुल्य बराबरको भन्सार छली बिभिन्न अवैध मालसामान (चिनी, बिभिन्न किराना सामान, हार्डवेयरको सामान, लत्ता कपडा, बिभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा र पशु तथा चौपाया) बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर तथा राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाईएको प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
त्यसैगरी प्रहरीले यस अवधीमा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न २२ वटा ट्याक्टर लाई पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाएको छ, जसबाट ३ लाख ४२ हजार ५ सय मुल्य बराबरको राजश्व दाखिला भएको सूचना अधिकारी पाण्डेयको भनाई छ ।
सोही अवधिमा प्रहरीले १ लाख ६२ हजार ५ सय मूल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको छ । यसरी यस अवधीमा प्रहरीले अवैध मालसामान, अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही, अवैध काठ समेत गरी कुल जम्मा १ करोड ७३ लाख १८ हजार ७ सय ६७ मुल्य बराबरको राजश्व दाखिला गरेको हो । खुल्ला सीमानाको कारण अबैधरूपमा भन्सार छली गरि ल्याएको बिभिन्न सामानहरू ओसार पसारमा संलग्न ५ जना मानिसहरू, १२ वटा मोटरसाइकल र २ वटा ट्याक्टर समेतलाई नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ । साथै नवलपरासी (पश्चिम) प्रहरीले चालु आर्थिक बर्षको श्रावण १ गतेदेखि हालसम्म ४ करोड २९ लाख ३० हजार ७ सय ६५ मुल्य बराबरको राजश्व दाखिला गरेको छ ।
जसमा ४ करोड २ लाख १५ हजार १ सय ६० मुल्य बराबरको अवैध रूपमा भन्सार छली गरि ल्याएको बिभिन्न मालसामान रहेको छ भने ११ लाख ८६ हजार २ सय ५० मुल्य बराबर अवैध नदिजन्य पदार्थ उत्खनन कारबाही र १५ लाख २९ हजार ३ सय ५५ मुल्य बराबरको अवैध वन पैदावर बरामद गरेको प्रहरी नायव उपरीक्षक सूचना अधिकारी भोजराज पाण्डेयले बताए ।