ट्रेंडिंग:

>> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न

सहकारीको भवनमा जिससको आँखा

१३ कार्तिक २०७५, मंगलवार
१३ कार्तिक २०७५, मंगलवार

खारेजीमा परेका सहकारी कार्यालय माथि जिल्ला समन्वय समितिले आँखा गाडेको छ । खारेजीमा परेको डिभिजन सहकारी कार्यालय माथि जिल्ला समन्वय समितिको सभापति निवासका लागि प्रयोग गर्न खोजिएको हो ।
०५५ सालमा तत्कालिन जिल्ला विकास समितिले कार्यालय प्रयोजनका लागि होलाङ्गदी नजिक निर्मित भवनलाई छाडेर जिल्ला समन्वय समितिले सहकारी भवन तर्फ नजर गाडेको हो ।
(कार्यालय प्रयोजन कै लागि) तत्कालीन समयमा एक तलाको भवन निर्माण गरिएको भएपनि जिल्ला परिषद्मा तत्कालीन सभापति, उप–सभापति सहित पदाधिकारीहरूको चर्को आलोचना भएपछि भवन प्रयोगमा आउन सकेको थिएन ।
झण्डै बीस लाख रूपैयाँ खर्चिएको भवन कहिले सशस्त्र प्रहरीको वेस क्याम्प त कहिले लुम्बिनी मेडिकल कलेजमा कार्यरत चिकित्सक को निवाश भएको छ । अहिले भवन वेवारिसे जस्तै भएको समन्वय समितिका एक कर्मचारीले बताए ।कार्यालयको आफ्नो भवन नभएर भाडामा रहेका सरकारी कार्यालयको कार्यालय प्रयोजनका लागि छनोट नगरेर जिल्ला समन्वय समितिको निवाश बनाउन नहुने र सरकारी निवास आफ्नो स्वामित्वमा रहेको भवनमा जानुपर्ने माग उठिरहेको छ ।
तत्कालीन समयमा जिल्ला विकास समितिको सभापति निवाशमा कार्यालय स्थापना गरिएको छ । २०६२ सालमा माओवादीले तानसेन आक्रमणका क्रममा दरबार ध्वस्त बनाएपछि सरकारी निवासमा कार्यालय व्यवस्थापन गरिएको थियो । शहकारी कार्यालय माथि समन्वय समितिको आँखा गड्नु स्वभाविक नभई अस्वभाविक भएको र समन्वयको स्वामित्वमा रहेको भवनलाई प्रयोग गर्नुपर्ने जिल्ला प्रशाशन कार्यालयका एक कर्मचारीले बताए । जिल्ला समन्वय समितिले सहकारीको भवन प्रयोगका लागि दवाव सिर्जना गरिरहेको उल्लेख गरिएको छ । भवन खाली भएपछि तानसेन नगरपालिकाले प्रयोग गर्न भन्ने हल्ला गरिएको थियो । तर नगरपालिकाको विषयगत कार्यालय राख्ने भनिए पनि समन्वय समितिको दवावका कारण नगरपालिकाको विषयगत समितिलाई प्रयोजनमा ल्याउन नदिएर समन्वय समितिको निवाश वनाउने षड्यन्त्र भएको नगरपालिकाको कर्मचारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?