© २०२३
सैनामैना व्यापार मेलामा दर्शकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । आईतबार चौथो दिनसम्म आईपुग्दा करिब २० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने १ करोड ५० लाख बराबरको आर्थिक कारोबार भएको व्यापार संघका सचिव एवम् मेलाका प्रचार प्रसार संयोजक दिपेन्द्र ढकालले जानकारी दिए । आईतबार आधुनिक गायक रमेशराज भट्टराई, लोक तथा दोहोरी गायिका प्रिया भण्डारी, नन्दु परियार लगायत राष्ट्रिय तथा स्थानिय कलाहरूले दर्शकलाई सांगितिक माहोलमा नचाएका थिए ।
महोत्सवमा सञ्चालित डान्सिङ आईडल २०७५ मा आईतबार १४ जना प्रतस्पर्धी अघिल्लो चरणका लागि छनोट भएका छन् । १७ प्रतियोगी मध्ये उत्कृष्ठ १४ प्रतिस्पर्धी निर्णायकं र दर्शकको भोटिङको आधारमा अघिल्लो चरणमा प्रवेश गरेको अतिरिक्त क्रियाकलाप संंयोजक देविदत्त सुबदीले जानकारी दिए । मेलामा आईतबार देखि वडास्तरीय दोहोरी गीत प्रतियोगिता सुरु भएको छ । स्थानिय स्तरमा लुकेर रहेका प्रतिभाहरूको प्रस्फुटन गर्ने उद्देश्यले दोहोरी प्रतियोगिताको आयोजना गरिएको हो ।
आईतबारदेखि सुरु भएको वडा स्तरीय दोहोरी गीत प्रतियोगितामा वडा नं. २ र ३ का बीचमा भएको प्रतिस्पर्धात्मक घम्साघम्सी दोहोरीमा वडा नं. २ विजयी भएको सुबेदीले बताए । मेलामा सोमबार वडास्तरीय दोहोरी गीत प्रतियोगितामा वडा नं ४ र वडा नं १० का बिचमा दोहोरी प्रतियोगिता हुनेछ । सोमबारदेखि खुल्ला भलिबल प्रतियोगिता समेत हुने सुबेदीले जानकारी दिए ।
व्यापार मेलामा सोमबार जनगायक जीवन शर्मा, लोक तथा दोहोरी गायक बसन्त थापा, गायिका रूपा जि.एम,स्थानिय कलाकार शुरेश परियार लगायतको बेजोड प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक पिताम्बर न्यौपाने (धर्म) ले बताए ।
देश निर्माणमा व्यापारको आवश्यकता व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मुल नाराका साथ संचालन भइरहेको सैनामैना औद्योगिक व्यापार मेला कार्तिक १८ गते सम्म सञ्चालन हुनेछ । à