© २०२३
बुटवल,११ माघ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । भरखरै सरुवा भएर प्रमुखका रुपमा तुलसीपुर आएका डिआईजी राईले गुन्डागर्दी गर्नेलाई कसैले पनि संरक्षण गर्न नहुने बताएका छन् । साथै उनले कुनै पनि आवरणमा अपराधीलाई उन्मुक्ति दिन नहुने बताए ।
अपराध नियन्त्रण गर्ने प्रमुख निकाय प्रहरी प्रशासन भएपनि त्यसका लागि सबैको सकारात्मक भूमिका हुनुपर्ने उनले बताए । समयमै प्राप्त हुने सुचना र जानकारीले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने बताएका उनले प्रहरीलाई सुचना दिएर सघाउन आग्रह गरे ।
त्यस्तै राईले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा निःशुल्क निवेदन लेख्ने प्रहरी अधिकारीको व्यवस्था गरिने बताएका छन् । साथै उनले पत्रकार भेटघाट कार्यक्रममा रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराज धितालको घटनाबारे अनुसन्धान गरि कानुनी कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
आफूहरुको कार्यकाल ३० वर्षको भएपनि घटनामा संलग्न रहेका अपराधीलाई ३६ वर्षपछि पनि कानुनी दायरामा ल्याएको इतिहास रहेको बताउदै घटनामा संलग्न अपराधी उम्किन नसक्ने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी