© २०२३
बुटवल,९ माघ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी उठाउने निर्णय गरेको छ ।
धुम्वाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारीको बैठकले आगमी राष्ट्रपतिमा पार्टीको तर्फवाट उम्मेदवारी दर्ता गराउने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार राष्ट्रपति निर्वाचनका लागि सकेसम्म चाँडै निर्णय लिनका लागि सरकारलाई दबाब दिने निर्णय समेत वैठकले गरेको छ । आफनो पार्टीका उम्मेदवारलाई मत दिनका लागि कांग्रेसले अन्य राजनीतिक दलसँग पनि छलफल गर्ने महतले बताए । माओवादी केन्द्र र एमालेबीच प्रधानमन्त्री र राष्ट्रपतिमा शक्ति बाडफांड गरी राष्ट्रपति एमालेले लिने सहमति भएको बताइन्छ ।