© २०२३
काठमाडौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको सर्दि ४ बगैंचामा आफ्नो ६० औँ शाखा कार्यालय स्थापना गरेको छ ।
वित्तीय पहुँच नभएका ग्रामिण क्षेत्रमा समेत शाखा बिस्तार गरी ग्रामिण जनतालाई वित्तीय पहुँच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बताए ।
चालु आर्थिक वर्ष भित्रमा देशका विभिन्न भागमा गरी जम्मा ८० शाखा संचालनमा ल्याई कारोबार संजाल विस्तार गर्ने रणनीति सहित अगाडि बढेको उनले बताए । शुभारम्भकै दिन ग्राहकहरूको उत्साहजनक उपस्थिति रहेको र सय बढी खाता खोली करोडको हाराहारीमा निक्षेप संकलन भएको बैंकका शाखा प्रबन्धक शोभा श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बैंकका संस्थापक जीवन श्रेष्ठ, विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जि.सी. लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।