© २०२३
प्रदेश नम्बर ५ का महिला उद्यमीहरूले आर्थिक क्षेत्रमा महिला सहभागिता बढाउन सरकारले बिशेष योजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर ५ अन्तर्गतको महिला उद्यमी समन्वय समितिले बिहीवार बुटवलमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमका सहभागि महिलाहरूले लगानी र सीपको अभावमा आफुहरूले सोंचे अनुसारको व्यवसायीक सफलता प्राप्त गर्न नसकेको गुनासो गरेका हुन् । नेपालगञ्ज उद्योग वाणिज्य संघकी उपमहासचिव समेत रहेकी तारा रोकायले सम्पत्ति माथि व्यवहारिक रूपमा महिलाको अधिकार नहुँदा चाहेर पनि महिलाले उद्योग व्यवसायमा लगानी गर्न नसकिरहेको बताइन् । उनले महिलालाई उद्योग क्षेत्रमा सहभागिता बढाउन प्रत्येक जिल्लामा कम्तिमा एउटा उद्योग महिलाहरूको लगानी र स्वामित्वमा सञ्चालन गर्न सरकारलाई आग्रह गरिन् ।
कपिलवस्तुकी महिला उद्यमी फुल कुमारी श्रेष्ठले सरकारले महिला उद्यमीलाई ५ लाख रूपैयाँसम्म सहुलियत व्याजदरमा बित्तिय सस्था मार्फत अनुदान उपलब्ध गराउने घोषणा गरेपनि त्यो कार्यान्वयनमा आउन नसकेको बताइन् । उनले लक्ष्यित समुदायमा भन्दा अन्यत्र अनुदानको रकम प्रयोग भईरहेकाले महिला उद्यमीलाई सम्वन्धित क्षेत्रमा नै अनुदान दिने व्यवस्था गर्नुपर्ने बताइन ।
बुटवल उद्योग वाणिज्य संघकी सदस्य धन कुमारी खनालले महिला उद्यमी प्रोत्साहनका लागि सरकारले उद्योग वाणिज्य संघहरू मार्फत अनुदान दिन सके त्यो प्रभावकारी हुने बताइन । नेपाल उद्योग वाणिज्य महासंघकी प्रदेश सदस्य श्रृष्टि गुरु·ले महिलाको नाममा उद्योग व्यवसाय सञ्चालन गर्ने तर निणायक तहमा त्यसमा पनि आर्थिक कारोवारमा महिलालाई पुर्ण बिश्वास नगर्ने परम्परागत सोचमा परिवर्तन गर्न सरकार तथा निजी क्षेत्रका प्रतिनिधिमुलक संघ सस्थाले संयुक्त रूपमा अभियानात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले महिला उद्यमीको क्षमता तथा दक्षता बिकासका लागि संघले बिभिन्न खालका तालिम गोष्ठिहरू आयोजना गरीरहेको र मेला तथा महोत्सवमा महिला उद्यमीका उत्पादनलाई बिशेष प्राथमिकता दिएको बताए ।
प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष गुणनिधि तिवारीले प्रदेश अन्र्तगतका महिला उद्यमीहरूको क्षमता बृद्धि र व्यवसाय प्रर्वद्धनका लागि बिशेष खालका तालिमहरू सञ्चालन गर्ने र सम्वन्धित निकायमा पहल गर्ने आश्वासन दिए ।
सोही कार्यक्रममा प्रदेश सभा सदस्य थान कुमारी थापाले प्रदेश सरकारले महिला उद्यमीका लागि छुट्याउको बजेट दुरूपयोग हुन नदिने र उद्योगमा महिदा सहभागिता बढाउन प्रोत्साहनका कार्यक्रम ल्याउन आगामी दिनमा पहल गर्ने बताइन । प्रतिनिधि सभाका सदस्य सुजिता शाक्यले महिला उद्यमीले एकै पटक ठुला ठुला उद्योग नभएपनि साना उद्यमसील र बिदेशीबस्तुको आयात कम गर्ने खालका उद्योगमा लगानी गर्न आग्रह गरिन् । उनले श्रृगांरका सामानदेखि दैनिक उपभोग्य बस्तुको उत्पादनमा महिलाले अग्रसरता देखाए मात्रै पनि राज्यका लागि ठूलो योगदान हुने बताइन ।
उनले महिलाका लागि छुट्याइएको बजेट दुरूपयोग हुन नदिन र ३ वटै तहका सरकारलाई महिलाको आर्थिक उपार्जनका लागि बिशेष कार्यक्रम ल्याउन पहल गर्ने आश्वासन दिईन । प्रदेश महिला उद्यमी समन्वय समितिकी सभापति तारा आचार्य, तुल्सिपुरकी सपना बस्नेत, रोल्पाकी तारा घर्ति, सिद्धार्थनगरकी यमकला न्यौपाने,पाल्पाकी रञ्जना थापा, महिला नेतृ बिमला घिमिरे, पम्फावती खनाल, प्रदेश उद्योग वाणिज्य संघका सदस्य कृष्ण कुमार श्रेष्ठ,उज्ज्वल कसजू लगायतले महिला उद्यमीले अहिले भोगिरहेका समस्या र सम्भावनाका सम्वन्धमा चर्चा गरेका थिए ।à