ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

बुटवल उपमहानगरपालिकामा तिन गुणा सस्तोमा नक्सा

९ कार्तिक २०७५, शुक्रबार
९ कार्तिक २०७५, शुक्रबार

बुटवल उप–महानगरपालिका वडा नम्बर–१३ नयाँगाउँका नरहरी भुषालले आफ्नो १ हजार बर्गफिट भित्र घर बनाउने सोँच बनाए । सोही अनुसार नक्सा निर्माण गर्न उनले छिमेकी तथा अन्य जानकारी व्यक्तिहरूलाई सोधे ।
सोही क्षेत्रफलमा नक्सा निर्माण गर्दा उनले निजी कन्सल्टेन्सिहरूसँग करिब १५ हजार रूपैयाँ लाग्ने जानकारी पाए । पछि पुनः बुटवल उपमहानगरपालिकाले आफ्ै १ हजार बर्ग फिट भित्रको नक्सा एक तला सम्मको मात्र ५ हजार रूपैयाँमा बनाईदिने जानकारी उनले पाए । सोही अनुसार नगरपालिकामा आएर उनले आफ्नो घरको नक्सा बनाए ।
सबै कागजपत्र तयार गरी उनले नगरपालिका बाट नै नक्सा निर्माण गरे । अन्य वाहिर निजी कन्सल्टेन्सीहरूमा बनाएर ल्याएको नक्सामा यो पुगेन, त्यो पुगेन भन्दै पटक पटक परिवर्तन गर्नुपर्ने झन्झन्ट पनि उनको ट¥यो । नरहरी भुषाल भन्छन्–‘पछिको झन्झट टर्नुको साथै पटक पटक नक्साकै लागि धाउनुपर्ने दिन पनि अन्त्य भए ।’ अन्य भन्दा करिब १० हजार रूपैयाँ सस्तोमा नगरपालिका भित्र नै नक्सा निर्माण हुनु आफैमा राम्रो पक्ष भएको उनको भनाइ रहेको छ ।
यस्तै बुटवल उपमानगरपालिका–१२ देवीनगरकी अमृता पौडेलले पनि सोही अनुसार नै नक्सा निर्माण गरी घर निर्माणको क्रममा रहेकी छिन् ।
ाहिर नीजि कन्सल्टेन्सीहरूमा भन्दा नगरपालिका भित्र नै फोनको आधारमा पनि नक्साको डिजाइन परिवर्तन हुने हुँदा आफूलाई सहज भएको उनको भनाई रहेको छ । उनी भन्छिन्–‘अझ फिल्डमा नै गएर नक्साको डिजाईन फाईनल गरिदिँदा झनै राम्रो हुन्थ्यो, अन्य छिमेकीहरूले भन्दा सस्तो र सहज रूपमा नक्सा बनाए ।’
अर्का सेवाग्राही रामजी ज्ञवालीले पनि नक्सा बनाउनको लागि नगरपालिका भित्र सहज भएको बताउँदै प्रक्रियामा रहेका नक्सा छिटो पास गर्नको लाग समेत अनुरोध गरेका छन । बुटवल उपमहानगरपालिकाले नक्सा हेल्प डेक्स मार्फत केही महिना देखि सुरु गरेको एक हजार बर्ग फिट भित्र ओगटेर घर, कार्यालय वा भवन निर्माण गर्दा नगरपालिकाले नै आफै नक्सा निर्माण गरिदिँदै आएको छ । खासगरी विपन्न, गरिब सेवाग्राही लक्षित घर नक्सा निर्माण कार्यक्रम अनुसार हाल सम्म १४ जना सेवा ग्राहीहरूले नक्सापास गरिसकेका छन् । नक्साको लागि करिब ४४ जनाले दिवेदन समेत दिएका छन् । बुटवल उपमानगरपालिकाका प्रमुख शिवराज सुवेदीले एक हजार बर्ग फिटभित्र ओगटेको क्षेत्रफलमा नक्सा बनाउदा सेवा ग्राहीबाट जम्मा ५ हजार रूपैयाँ लिदै आएको जानकारी दिए । जसको लागि एक तला सम्म सोही रकमबाट हुने छ भने प्रति तला थप ८ हजार गरी रकम लाग्ने उनले जानकारी दिए । नगरप्रमुख सुवेदी भन्छन्–‘नगरपरिषद् बाट नै योजना पारित गरी नेपालमै पहिलो पटक पाईलट प्रोजेक्टको रूपमा अगाडी बढाएका छौ ।’ स्वच्छिक रूपमा न्युन आयस्रोत भएकाहरूलाई लक्षित गरी यो योजना सुरु गरिएको नगरप्रमुख सुवेदीको भनाइ रहेको छ ।
बुटवल उप–महानगरपालिका योजना तथा सहरी विकास महाशाखा प्रमुख, ईन्जीनियर सुमन श्रेष्ठका अनुसार प्रुमख यसरी निर्माण गरिएको नक्सा अनलाईनमा समिट (पेस गर्न) सकिन्छ । सोही अनुसार अनलाई न प्रणालीमा नक्सा दर्ता भएपछि सेवा ग्राहीले घर, भवन वा कार्यालय बनाउन सक्नेछन् । हाल २ जना ईन्जीनियरहरूले नक्सा निर्माणको कार्य गर्दै आएको जानकारी दिदै योजना प्रमुख ई.श्रेष्ठले आगामी दिनमा सेवा ग्राहीहरूको चाँप अनुसार जनशक्ति थप्न सकिने जानकारी दिए । नक्सा बनाउने विशेषज्ञ तथा प्राविधिक टिम ले प्रचलित भवन संहिताअनुसार नक्सा निर्माण गर्ने उनले जानकारी दिए । नक्सा डिजाइनबापत भुइँतलाका लागि पाँच र त्यसभन्दा माथिका लागि थप आठ हजार रूपैयाँ लाग्नेछ ।
सेवाग्राहीले जग्गाधनी पुर्जा, राजीनामा, चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिद, नेपाली नागरिकताको प्रतिलिपी, नापी नक्सा, फाइल नक्सा, घरधनीको फोटो र चार किल्ला बुझाउनुपर्ने छ । विषय विज्ञ र नगरका प्राविधिक को सुझावका आधारमा मापदण्ड अनुरूपका नयाँ–नयाँ आधुनिक घरहरूको डिजाइन प्रोफाइल समेत तयार पारिएको छ । चालु आर्थिक वर्षदेखि घरनक्साका सबै काम अनलाइनमार्फत गराउने काम इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) सुरु भएको छ । बुटवल उपमानगरपालिका बर्षमा करिव १५ सय भन्दा बढि नक्सा पास हुने गर्दछन् ।
१४ सेवाग्राही सम्म्मानित
बुटवल उपमाहानगरपालिकाले ल्याएको नक्सा हेल्प डेक्स मार्फत घर नक्सा बनाएका १४ जना सेवाग्राहीलाई प्रमाणपत्र सहित सम्मान गरेको छ । विहिबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी १०० स्क्वारफिट भित्रको घर नक्सा निर्माण गरेका सेवाग्राहीलाई नगर प्रमुख शिवराज सुवेदी, उप प्रमुख गुमा देवी आचार्य, योजना नथा सहरी विकास महाशाखा प्रमुख बरिष्ठ अधिकृत ईन्जीनियर सुमन श्रेष्ठ लगायले सम्मान गरेका हुन । कार्यक्रममा सेवाग्राहीहरू हेम बहादुर राउत, रामजी ज्ञवाली, अमृता पौडेल, नरहरी भुषाल लगायतले बालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?