ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

घोराही उपमहानगरकोे प्राथमिकतामा स्वास्थ्य

९ कार्तिक २०७५, शुक्रबार
९ कार्तिक २०७५, शुक्रबार

दाङको घोराही उप महानगरपालिकाले नगरबासीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । जनप्रतिनिधिहरू निर्वाचित भएपछिको नगर कार्यपालिका बैठकले प्रत्येक वडामा एक वडा एक शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति पारित गरी स्वास्थ्य केन्द्रहरू स्थापना भैरहेका छन् ।
उप महानगरपालिकाले नगरपालिका क्षेत्र भित्रका जेष्ठ नागरीकहरूलाई घरमै पुगेर स्वास्थ्य जाँच गरिरहेको छ भने वडा नंं. १ र ३ वाहेक अन्य स्थानमा शहरी स्वास्थ्य केन्द्रहरू स्थापना गरीसकेको छ । उप महानगरपालीका बन्नु भन्दा पहिला रहेका गाविसहरूमा रहेका स्वास्थ्य चौकी तथा अहिले उप महानगरपालिकाले स्थापना गरेका नगर स्वास्थ्य केन्द्रहरूले स्थानीयस्तरमा सेवा प्रदान गरीरहेको उप महानगरपालिका कार्यालयले जनाएको छ । नागरिकहरूको स्वास्थ्य उपचारलाई पहुँच युक्त बनाउन शहरी स्वास्थ्य केन्द्र स्थापना भैरहेको नगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । कुनै पनि बिरामीहरू उपचारबाट बञ्चित हुन नपरोस र निःशुल्क उपचार होस भन्ने हेतुले वडाहरूमा वडाबासीको पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्रहरू स्थापना भैरहेका उनको भनाइ छ ।
बिहीवार वडा नम्बर ११ को शिबपुरमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । यो संगै उप महानगरपालीकाको १६ वटा वडामा स्वास्थ्य संस्थाहरू रहेका छन् । वडाको विकटतालाई ध्यानमा राखेर कुृनै वडाहरूमा २ वटा स्वास्थ्य केन्द्रहरू स्थापना भएको घर्तिले जानकारी दिए । वडा नंं. १८ र वडा नं.२ को दुई स्थानमा स्वास्थ्य केन्द्रहरू रहेका छन् । गाउँमै स्वास्थ्य उपचार गराउने र जटिल प्रकारका रोगीहरूलाई उपमहानगरपालिकाले ५ हजार रूपैयाँ उपलब्ध गराउँदै आएको समेत कार्यवाहक मेयर सीता न्यौपानेले जानकारी दिइन् ।
सामान्य औषधिका लागि पनि घोराही बजार घाउनुपर्ने वाध्याताको अन्त्यका लागि स्वास्थ्य केन्द्रहरू स्थापना गरीएको न्यौपानेको भनाई छ । “अहिले उप महानगरपालिकाले स्वास्थ्य केन्द्र तथा जेष्ठ नागरीकहरूको घरमै पुगेर निःशुल्क उपचारको साथै जटिल किसीमका रोगहरूको लागि ५ हजार रूपैयाँ दिँदै आएको छ” न्यौपानेले भनिन् । स्वास्थ्य नागरिक वनाउनको लागि उप महानगरपालीका लागि परेको उनको भनाई छ ।
सामान्य ज्वरोको लागि सिटामोल किन्न बजार धाउनुपर्ने बाध्यताको यसले अन्त्य गरेको उप महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले बताए । शहरी स्वास्थ्य केन्द्रहरूबाट ३२ प्रकारका औषधीहरू निशुल्करूपमा वितरण भैरहेकाछन् । शहरी स्वास्थ्य केन्द्रहरूवाट प्राथमिक उपचार, गर्भवती जाँच, टिबिको उपचार, परिवार नियोजनका साधन बितरण, परामर्श, खोप लगायतका उपचार सेवा समेत दिईने उनको भनाइ छ । तत्कालीन स्वास्थ्य चौकीहरूले भने अहिले प्रसूति सेवा समेत उपलव्ध गराउदै आएका छन् भने केहीले ल्यावको सुविधा समेत प्रदान गर्दै आईरहेका छन् । नगरबासीहरू पाएक पर्ने स्थानमा रहेका स्वास्थ्य संस्थाले सेवा दिइरहेको बताउँछन् । रामपुर स्वास्थ्य चौकीले गाउँमै प्रसूति सेवा दिइरहेको छ । त्यसैगरी सामान्य किसिमका रोग लागेमा उपचारको लागि घोराही आउनुपर्ने बाध्यता टरेको स्थानीयहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?