© २०२३
बुटवल,७ माघ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन आज शनिबार हुँदैछ।
आज दिउँसो १ बजे हुने उपसभामुखको निर्वाचनका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ।
रानाको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम छन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन समर्थक छन्।
यस्तै, यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।
यसअघि, प्रतिनिधिसभाको सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन्। प्रतिनिधि सभाको अंक गणित अनुसार रास्वपाकी राना उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।