© २०२३
बुटवल,६ माघ । विपक्षी गठबन्धनबाट नेतृ मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने तयारी नेपाली कांग्रेसले गरेको छ ।
शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने सहमति बनेको हो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उनी समानुपातिक सांसद हुन् ।
बिहीबार भएको सभामुखको निर्वाचनका कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले मतदान गरेका थिए ।
सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गरिसकेकी छन् ।