ट्रेंडिंग:

>> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

पुराना जहाज विस्थापन गर

३ माघ २०७९, मंगलवार
३ माघ २०७९, मंगलवार

आईतवार काठमाण्डौंबाट पोखरा उडेको जहाज पोखरामा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको मृत्युको घटनाले सिंगो देश शोकमग्न वनेको छ । नेपालको इतिहासमा आन्तरिक उडानतर्फ यो सवैभन्दा ठूलो र विभत्स दुर्घटना हो । आईतवार भएको दुर्घटनामा परेकामध्ये केहीको खोजी र उद्धारको काम सोमवारसम्मै भएको छ । सेतीको खोँचमा भएको दुर्घटनाले उद्धारमा कठिनाई हुँदा दुर्घटनामा ज्यान गुमाएका आफन्त परिवारले समयमै शव पाउन समेत कठिनाईको अवस्था उत्पन्न भयो । यतिको जहाज दुर्घटनाले सिंगो देशलाई शोकमा परिणतमात्रै गरेको छैन, देशका होनहार नागरिकको अवसानले ठूलो क्षति भएको छ । विभिन्न विधामा अब्बल नेपाली नागरिकको दुर्घटनामा भएको आकस्मिक अवसानले भएको क्षति देशले धेरै बर्ष भोग्नुपर्ने छ । त्यसो त नेपालमा आन्तरिक उडान सुरक्षित छैनन् । नेपालमा ६ महिना अघिपनि पोखराबाट मुस्ताङका लागि उडेको जहाज दुर्घटनामा परेको थियो । त्यसअघि पनि आन्तरिकतर्फका धेरै जहाज दुर्घटनामा परेको उदाहरण र इतिहास नेपालको उडड्यन क्षेत्रमा छन् । जहाज दुर्घटनामा नेपालले ठूलो मानवीय क्षति बेहोर्दै आएको छ । आईतवार भएको जहाज दुर्घटनामा परि ज्यान गुमाएका मृतकप्रति हार्दिक श्रद्धाञ्जली भन्नुको अर्को विकल्प छैन । तर, एउटा महत्वपूर्ण मुद्दा भने अव नेपालको हवाई क्षेत्रले उठाउनै पर्ने भएको छ । नेपालमा पुराना र जीर्ण भएका जहाजको विकल्प खोज्नुपर्ने भएको छ । बाहिर विदेशमा चलाएर पत्रु परेका जहाज लिलामीमा नेपालमा आउने र ती नेपाली बायुसेवा कम्पनीले चलाउने गरेको उदाहरण छ । तसर्थ नेपालमा अव थोत्रा र पुराना जहाज चलाउनै प्रतिवन्ध गर्नुपर्दछ । नेपाल सरकारले कति बर्ष पुराना जहाज चलाउन रोक लगाउने हो, त्यसमा अव एउटा ठोस निर्णय गर्नैपर्दछ । जहाजको आन्तरिक परिक्षणमा पनि ध्यान दिनेतर्फ सोच्नु जरुरी छ । सरकारले आईतवार नै आन्तरिक उडान अनिवार्य जाँच गरेरमात्र उडाउन दिने निर्णय त गरेको छ तर ढिलोगरी हुने निर्णयले क्षति रोक्न सकिरहेको छैन । ७२ जनाको ज्यान गएपछिमात्र सरकारले आन्तरिक उडानमा कडाई गर्ने भएको छ । यदी पहिले नै त्यसमा कडाई गरेको भए सायद यति धेरै मानवीय क्षति हुने थिएन । तर, सरकार यसमा चुकेको छ । नेपालमा घटना भएपछि मात्रै प्रतिकृया जनाउने वा लिने परम्परा छ । त्यसमा अव सुधार जरुरी छ । सरकारले अहिलेदेखि नै यो क्षेत्रमा गंभीर ढंगले कदम चालोस् ।

यति एयरको जहाज बनेको १५ बर्ष भएकोले त्यसलाई धेरै पुरानो भन्न मिल्दैन तर उक्त जहाज विदेशमा असफल भएपछि नेपाल ल्याइएको रहेछ । त्यसमा गंभीर गल्ती भएको थियो । विदेशबाट खरिद गरेर ल्याउने जहाजका विषयमा पनि अव खोज अनुसन्धान गरेरमात्र उडान अनुमति दिनुपर्ने देखिन्छ । भारतमा समेत यो विमान चलेको देखियो तर त्यहाँ यसमा समस्या देखिएपछि थाईल्याण्डमा नोक कम्पनीले चलायो । पछि सन. २०१९ मा यति एयरले विमान नेपाल ल्याएर चलाएको देखिएकोले यसमा नेपाल सरकारकै उडड्यन नीतिको त्रुटी देखिएको छ । बाहिर असफल भैसकेको जहाजलाई नेपालमा उडानको अनुमति दिनु नै गलत थियो, जसको परिणाम आज देशले भोगिरहेको छ । तसर्थ अव नेपाल सरकारले नेपालको उडड्यन क्षेत्रलाई सुरक्षित वनाउने हो भने धेरै सुधारको पहल लिन जरुरी छ । छानवीन समिति गठन गरेर मात्रै हुँदैन । त्यसका प्रतिवेदन नै अहिलेसम्म कार्यान्वयन हुन सकेका छैनन् । शोकको यो घडीमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना दिदै गर्दा आगामी दिनमा यस प्रकारको क्षतिको घटना दोहोरिन नदिनेतर्फ ध्यान दिनु जरुरी छ । खासगरी नेपाल सरकारले नेपालको उडड्यन क्षेत्रलाई सुरक्षित वनाउने हो भने आजैबाट आमूल सुधारको पहल गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?