© २०२३
बुटवल कालिकानगरमा रहेको अटो स्टेशनले सीएफ मोटो ब्राण्डका मोटरसाईकलको विक्रि वितरण सुरु गरेको छ । अटो स्टेशन बुटवलले जर्मनी टेक्नोलोजिमा बनेका १२५ देखि ६५० सीसी सम्मका सीएफ मोटो ब्राण्डका विभिन्न मोडलका मोटरसाईकलको विजयादशमीको घटस्थापनादेखि विक्रि वितरण सुरु गरेको हो ।अष्ट्रियामा डिजाईन भएका र चाईनाबाट एसेम्ली गरिएका मोटरसाईकल बुटवलका ग्राहकको माग आधारमा विक्रि वितरण सुरु गरेको अटो स्टेशन एफ मोटोकप बुटवलका संचालक विमर्श श्रेष्ठले जानकारी दिए । सामान्यतया १२५ सिसीको मोटरसाईकललाई २ लाख ४१ हजार पर्ने र त्यसमाथीका सिसीमा मुल्य पर्दै जाने श्रेष्ठले बताए । संचालक श्रेष्ठका अनुसार नेपालका जुनसुकै सडकका लागि उपयुक्त देखिएका मोटरसाईकल १७ लाखसम्म मूल्यका छन् ।
बुटवलमा औपचारिक रूपमा बुधबारदेखि बिक्री वितरण थालेको स्टेशनले यसअधि र शुभारम्भको दिन सम्म गरि ६० बढी मोटरसाईकलको विक्रि वितरण गरि सकेको नेपालका लागि सीएफ मोटरसाईकलको आधिकारीक बिक्रेता अन्ना ईन्टरप्राईजेजका कार्यकारी प्रमुख पवन बर्माले जानकारी दिए ।
विगत ४० बर्ष देखि मोटरर्साइकल लगायतका विभिन्न मोटर्स उत्पादन गरेको सिएफ मोटोले नेपालमा अन्न ईन्टरनेशनल प्रालिल बाट विक्रि हुदै आएको छ । किया मोटर्सको समेत विक्रि गर्दै आएको उक्त कम्पनीले सी.एफ. मोटो ब्रान्डका मोटरसाईकल विक्रि वितरण गर्दै आएको छ ।
नेपालका काठमाण्डौ, विर्तामोड, नेपालगञ्ज, पोखरा लगायतका स्थानमा विक्रि शाखा रहेका सीएफ अटो मोटरसाईकल नेपालभरी अहिलेसम्म ५६४ थान विक्रि भएको कम्पनीले जनाएको छ । स्टेशन शुभारम्भको अवसरमा प्रत्यक मोटरसाईकलको खरिदमा विशेष उपहार राखिएको बताइएको छ ।
कम्पनीले बुटवलमा सर्भिस, स्पेयर पाट्स र विक्रि को समेत विशेष सुविधा दिदै आएको छ । यसको साथै तिन दिन सम्म मोटरसाईकल खरिद गर्ने व्यक्तिहरूलाई बुटवलमा सधै भरी सर्भिस चार्ज निःशुल्क गर्ने घोषणा गरेको सि एफ मोटो कम्पनी प्रालि काठमाण्डौका चिफ एक्जुकेटिभ डाईरेक्टर कुशल श्रेष्ठले जानकारी दिए ।