ट्रेंडिंग:

>> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै 

खाद्य र दुधजन्य वस्तुको प्रशोधन र प्याकेजिङ अनिवार्य गर्न जोड

३० पुष २०७९, शनिबार
३० पुष २०७९, शनिबार

बुटवल, ३० पुस । खाद्य र दुधजन्य पदार्थको गुणस्तरमा शुद्धता ल्याउन प्रशोधित र प्याकेजिङ अनिवार्य बनाउनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । रुपन्देही डेरी ब्यवसायी समितिको १४ औ साधारण सभा तथा छैटौ अधिवेशनमा बोल्ने बक्ताहरुले आम उपभोक्ताको स्वस्थ्यसंग जोडिएको खाद्य र दुधजन्य पदार्थको गुणस्तर र शुद्धतामा ध्यान दिनुपर्नेमा जोड दिएका छन । दुधजन्य पेशामा देखिएको समस्या समाधान गर्नतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन ।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्दै खाद्य बस्तुको शुद्धता ल्याउने अभियानलाई प्राथमिकतामा राखेको बताईन । आफू निर्वाचित भएर आएपछि पांच वर्षे कार्यकालमा बजार अनुगमनलाई ब्यवस्थित र मर्यादित गर्ने प्रण गरेको बताईन । उपभोक्ताको हितलाई मध्येनजर गरि कार्यान्वयनको पाटोलाई कडाई गरिने उनले बताईन । गुणस्तर मापन र अनुगमनलाई प्रभावकारी बनाउन नगरपालिकामा ल्याब संचालन गर्ने उनले प्रतिवद्घता जनाईन ।
कार्यक्रममा समितिका अध्यक्ष गणेशसिह भण्डारीले पेशा ब्यवसायलाई संगठित गर्दै लैजानुपर्ने अवस्था आएको बताए । देशमा छाएको आर्थिक संकटकै कारण दुधजन्य पदार्थको ब्यवसायमा आवद्घ ब्यवसायीहरु समस्यामा परेको उनल गुनासो गरे ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख बिमल कुमार दाहालले कानुनभन्दा माथि रहेर पेशा ब्यवसाय गर्न नमिल्ने बताए । खाद्य ऐन २०२३ ले निम्न गुणस्तरीय खाद्य बस्तुको उत्पादनलाई अपराधका रुपमा व्याख्या गरेको उनले बताए । मापदण्ड तोकेभन्दा बाहिर जान नहुने उनले बताए । नेपालमा राजनितिक र आर्थिक परिवर्तन आएको भन्दै अझै आम नागरिकको हितमा सरकार लाग्न जरुरी रहेको बताए । केही पालिकाहरुमा खाद्य गुणस्तरीयको विषयमा नमुना काम भएको उनले बताए । स्थानिय पालिकाको अगुवाईमा खाद्य गुणस्तर र उपभोक्ताको हितमा आवश्यक काम गर्न सक्ने बताए । खाद्य बस्तुबारे आम नागरिकमा देखिने भ्रम चिर्न जरुरी रहेको उनले बताए । कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले उपभोक्ताको हितमा ब्यवसायी अग्रसर देखिनु राम्रो पाटो भएको बताए । कोखदेखि शोकसम्म अमृतका रुपमा दूध भएको हुदा यसलाई शुद्घ र गुणस्तरीय बनाउनुुपर्ने उनले सुझाव दिए ।
मासु ब्यवसायमा कुनै समय निक्कै जटिल समस्या भएकोमा अहिले सुधार भएको उनले बताए । कुनै पनि खाद्य पदार्थ खुला रुपमा बिक्रिवितरण गर्न नहुने सुझाव दिदै समयमा नै सुधारतर्फ ब्यवसायीहरु लाग्नुपर्ने बताए । ब्यवसायिक आचार संहितालाई कार्यान्वयन गरिनुपर्ने उनले बताए । स्थानिय सरकार नागरिकलाई शुद्धता दिलाउने क्षेत्रमा लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा समितिका संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपानेले पेशा ब्यवसायमा एकतावद्घ र निष्ठाका साथ अघि बढ्नपर्ने बताए । उपभोक्ता र किसान सधै पीडामा रहेको गुनासो गर्दै उनले ब्यवसायिक ईमान्दारीताको निकास ब्राण्डिङ हुनसक्ने बताए । स्वस्थ प्रतिस्पर्धा आजको आवश्यकता भएको उनले बताए । उपभोक्ता र किसानमुखी भएर समिति लाग्नुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा नेपाल डेरि एशोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेले पेशा ब्यवसायलाई ब्यवस्थित गर्न नसकिएको दुखेसो गरे । संस्थाको उद्देश्यअनुसार काम गर्नुपर्ने सुझाव दिदै उनले उत्पादन र बिक्रि गर्ने पेशा फरक भएको बताए । दुधको उत्पादन मुल्यभन्दा कममा खरिद गरेर बिक्रि गर्दा गुणस्तर पाउन सक्ने अवस्था नरहेको उनले बताए । निवर्तमान अध्यक्ष नेत्र पाठकले कोभिड संक्रमणपछि दुधजन्य पदार्थमा केही समस्या देखिएको बताए । देशमा आर्थिक संकटको मारमा दुग्ध ब्यावसायमा समेत परेको भन्दै यसकै कारण धेरै ब्यवसायीहरु पेशाबाट विस्थापित हुने अवस्था आएको बताए । बजारमा ९० प्रतिशत खुला दूध विक्रि वितरण हुदै आएको उनले बताए । अझै पनि उपभोक्ताहरुमा सचेतना जगाउदै प्रशोधित र प्याकिङमा जानुपर्ने उनले सुझाव दिए । जिल्लामा ४ सय बढि दुग्ध ब्यवसायीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?