ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

क्यान्सर अस्पताल बनाउन अभियान

२२ आश्विन २०७५, सोमबार
२२ आश्विन २०७५, सोमबार

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रतिवर्ष विश्वमा करिब १ करोड २० लाख नयाँ क्यान्सरका बिरामी देखिन्छन् र बर्षेनी करिब ७५ लाख व्यक्तिको मृत्यु हुने गरेको छ । नेपालको सन्दर्भमा वार्षिक करिब ४० हजार नयाँ क्यान्सर रोगी भेटिन्छन । अहिले करिब १ लाखभन्दा बढी क्यान्सर रोगी रहेको अनुमान छ ।
बच्चादेखि बुढासम्म जुनसुकै उमेरका मानिसलाई र शरीरका सबै अंगमा लाग्न सक्ने भएकाले यो रोगका बारेमा सचेत रहन चिकित्सकहरू सुझाउँछन । उनीहरूका अनुसार यो रोग लाग्नुमा अस्वस्थ्यकर खानपिन, रहनसहन, वातावरणीय प्रदुषण र दैनिक क्रियाकलापको कमीलगायत प्रमुख कारण हुन् । क्यान्सर नसर्ने रोग हो । तर, यो हाल विश्व जनस्वास्थ्यमा समस्याको रूपमा देखा परेको छ । क्यान्सरको राम्रो उपचारको लागि विरामीहरू भौतारि रहेका छन् ।
यो समस्यालाई समाधान गर्र्ने उद्देश्यले सामाजिक स्तरबाट रूपन्देहीमा क्यान्सर अस्पताल संचालन गर्न अभियान शुरु गरेको छ । यस क्षेत्रमा क्यान्सर अस्पताल नभएको र क्यान्सरका विरामीहरू भरतपुर, काठमाडौ तथा भारतमा जानु पर्ने बाध्यता रहेकाले रोटरीयनहरू अस्पताल संचालन अभियानमा होमिएका हुन् । शुरुवाती चरणमा क्यान्सर डाईनोसिस एण्ड रिसर्च सेन्टर स्थापना गर्ने र त्यसलाई अस्पतालको रूपमा विकास गरिने योजना रहेको अभियान्ताहरूले बताएका छन ।
रोटरी क्लब अफ बुटवलको अगुवाई तथा रोटरी इन्टरनेशनल जोन फाईभ अन्तरर्गतका क्लवहरूको सक्रियतामा सामुदायिक क्यान्सर अस्पताल संचालन अभियान शुरु गरिएको हो । अभियान्ताहरू क्यान्सर अस्पताल संचालनको सम्भाव्यता अध्ययन भईरहेको बताएका छन ।
रोटरी इन्टरनेशनल जोन फाईभका २१ बटा क्लबहरूले क्यान्सर अस्पताल स्थापना गर्ने अभियानमा साथ दिने प्रतिवद्धता जनाएपछि अभियान्ताहरू उत्साहित भएका रोटरी क्वल अफ बुटवलका सचिव दया भण्डारीले बताए ।
क्यान्सर अस्पताल स्थापनाको लागि श्रोत जुटाउने तथा संचालनको ‘मोडालिटी’ बनाउने कार्य शुरु भएको अभियानका संयोजक हुतानन्द खनालले जानकारी दिए ।
उनले रोटरी क्लबहरूको सहयोग तथा सहकार्य गर्ने प्रतिवद्धताले आफूहरू उत्साहित भएको बताए । करिव ६ करोड रूपैयाँ संकलन पछि अस्पताल संचालन गर्न सकिने अर्का अभियान्ता तथा रोटरी क्वल अफ बुटवलका पुर्व अध्यक्ष अजयमान श्रेष्ठले वताए । उनका अनुसार तत्कालिन र दिर्घकालिन १५ वर्षे गुरुयोजना बनाएर अघि बढ्ने योजना रहेको छ ।
क्यान्सर अस्पताल स्थापनाको लागि अभियानमा लागेका अभियान्ता डा.दिलिप भटट्राईले अस्पताल संचालनको सम्भावना रहेको बताउदै त्यसको लागी सबैको सहकार्य आवश्यक रहेको बताए । उनि भन्छन– यसक्षेत्रमा क्यान्सर अस्पताल आवश्यक हो, संचालन गर्न सकिन्छ ।’ सामुदायिक अस्पताल निर्माणार्थ सहयोगी हातहरू अघि बढि सकेका छन । उनीहरूले सहयोगको घोषणा समेत गरी सकेका छन । त्रिभूवन विश्व विद्यालयका उप प्राध्यापक समेत रहेका रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थले १ वर्षको सम्पुर्ण तलव अस्पताल स्थापनार्थ सहयोग गर्ने घोषणा गरे । त्यसैगरी समाजसेवी आरसी आचार्यले घुमाउरो पारामा १० लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरे । उनी भन्छन्– साथीहरू एक पटक विदेश घुम्न नजाँदा अस्पताल बन्छ भने किन सहयोग नगर्ने ? मलाई पुगेको छ म यही अभियानमा होमिएँ ।’ त्यसैगरी रोटरी क्लब अफ तिलोत्तमा मिड टाउनकासचिव थानेश्वर पाण्डेले पिएच एफ (एक लाख) बराबर सहयोग गर्ने बताए ।
यस अघि बुटवलका समाजसेवी सिमली फाउण्डेशनका संस्थापक महेन्द्र अर्याल र उनको परिवारले ४५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ फाउण्डेशनका कानुनी सल्लाहकार वलराम न्यौपानेले अर्यालको परिवारले आफ्नो सवै श्रीसम्पत्ति अस्पतालाई सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।
रोटरी इन्टरनेश्नल जोन फाईभका चियर पर्सन कृष्ण प्रसाद अर्यालले रोटरी फाउण्डेशनबाट क्यान्सर अस्पताल परियोजना संचालनको लागि पहल भईरहेको जानकारी दिए । उनले भने– १० करोड सिड मनीको लागि कुनै समस्या छैन रोटरीयन, समासेवीहरू, सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको सहकार्यमा यो सम्भव छ ।’
दशै अघि नै यसको संचालनको खाका तथा विस्तृत योजना तयारको लागि गृहकार्य गर्न लागिएको अभियानका संयोजक हुतानन्द खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?