© २०२३
दाङ,२३ पुस । नेपाल कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दैछ।
संसद् बैठकको तयारी स्वरूप छलफल गर्न कांग्रेसले आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा संसदीय दलको बैठक बोलाएको हो।
यसैगरी संसदमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने वा नदिनेलगायतका समसामयिक विषयमा पनि छलफल हुने छ।
सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ। शुक्रबार कांग्रेस सभापति एवं दलका नेता शेरबहादुर देउवाले पदाधिकारीहरूसँग संसदीय दलको बैठकबारे छलफल गरेका थिए।