ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

कालो पत्रे हुँदै गाउँको ‘सिंहदरबार’

१८ आश्विन २०७५, बिहीबार
१८ आश्विन २०७५, बिहीबार

प्यूठान नगरपालिकाको प्रशासनिक भवनसम्म पुग्ने बाटो कालोपत्रे गर्न थालिएको छ । विजुवार मित्रमणीचोकदेखि झिमरुक खेलकुद मैदान हुँदै कार्यालय भवनसम्म कालोपत्रेको काम शुरु भएको हो । कालोपत्रे निर्माणका लागि एक करोड १७ लाख ८२ हजार रूपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाका अनुसार ६ सय मिटर सडक कालोपत्रे हुनेछ । कालोपत्रे गर्ने जिम्मा भिजन निर्माण सेवा झिमरुक गाउँपालिका ओखरकोटले लिएको छ । मित्रमणीचोकदेखि करिव डेढसय मिटरसम्म यसअघि आरसीसी गरिएकाले उक्त स्थानमा सामान्य कालेपत्रे (कार्पेटिङ) मात्र राखिएको नगरपालिकाका इञ्जिनियर विरेन्द्र कुवँरले जानकारी दिए ।
चालु आर्थिक वर्षमा थप ७५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिए । ‘आगामी मंसिरसम्म नगरपालिकाको नयाँ भवनबाट काम थाल्ने योजना छ’,उनले भने,‘त्यसबेलासम्म सडक कालोपत्रे सकिन्छ ।’ नगरपालिकाको आफ्नै भवन नहुँदा दैनिक प्रशासनिक कामकाजमा असहज भइरहेको छ । विषयगत शाखाहरू प्रभावकारी रूपमा संचालन हुन सकेका छैनन् । साँघुरो कोठामा शाखाहरू संचालित छन् । सेवाग्राहीलाई समेत सहज रूपमा सेवा लिन कठिन भइरहेको छ । मित्रमणीचोकबाट कार्यालयसम्म पुग्ने सडक नगरक्षेत्रकै नमुना बनाउने योजनामा रहेको नगरप्रमुख कक्षपतीले बताए । उनका अनुसार सडक छेउछेउमा विभिन्न प्रजातीका विरुवाहरू वृक्षारोपण गरेर हरियाली बनाइने छ । यसले नगरको पहिचानमा ‘इट्टा’ थप्ने आशा नगरपालिकाले गरको छ ।
भवन निर्माणको करिव ९० प्रतिशत काम सकिएको नेशनल/आँशु/मल्लरानी जेभीका प्रतिनिधी एवं निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष पशुपती नारायण नकर्मीले जानकारी दिए । उनका अनुसार चार करोड ४८ लाख रूपैयाँ लागतमा भवन निर्माण गरिएको हो । हलसहित २२ वटा कोठा निर्माण गरिएको नकर्मीले बताए । ६ सय ८६ दशमलव १६ वर्ग मिटर क्षेत्रफल जग्गामा निर्माण गरिएको भवन भूकम्प प्रतिरोधात्मक भएको उनको भनाई छ । भवन निर्माणका लागि खलंगा थापाडाँडाका स्थानीयले निःशुल्क जग्गा उपलव्ध गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?