© २०२३
बुटवल,१५ पुस । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबै वाम एकै ठाउं हुनुपर्ने बताएका छन् ।
शुक्रबार भैरहवामा पत्रकारसंग बोल्दै पूर्व मन्त्रीसमेत रहेका नेता गुरुले आफूहरुको प्रयास सबै बाम एकै ठाउं भन्ने नै रहेको बताए । ‘हाम्रो चाहना सबै कम्युनिस्ट पार्टीहरु मिल्नुपर्छ सबै वाम एकै ठाम भन्ने नै हो, चाहे त्यो संसदमा भएका हुन् वा बाहिर भएका सबै एकै ठाउँमा भएर बृहत कम्युनिस्ट पार्टी बनाउनुपर्छ’– उनले भने ।
गुरुङ अहिले कम्युनिष्ट एकताको प्रयास भइरहेको समेत बताए । गृहमन्त्री लामिछानेको नागरिकता र राहादानीको विवाद अदालतले जे निर्णय गर्छ, त्यो कार्यान्वयन हुने उनले बताए । उनले नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा लयाउने पहल भइरहेको बताए ।