ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

बैंकले  ज्यादती गरेको भन्दै बुटवलका उद्योगी व्यवसायी आन्दोलित,२१ गतेसम्म हस्ताक्षर संकलन

१५ पुष २०७९, शुक्रबार
१५ पुष २०७९, शुक्रबार

बुटवल,१५ पुस । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंकहरुले उद्योगी व्यवसायीहरु प्रति गरेको अव्यवहारिक नीतिका विरुद्ध रुपन्देहीका उद्योगी व्यवसायीहरु पनि आन्दोलित भएका छन् । यसका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले हालै दांगमा प्रदेश स्तरीय भेला गरेको थियो । उक्त भेलाले यहि पुसको २० गतेसम्म आन्दोलनका कार्यक्रम तय गर्दै त्यतिवेला सम्म पनि आफूहरुका माग सम्बोधन नभए २२ गते काठमाण्डौं केन्द्रित आन्दालन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार बुटवलमा क्रियाशिल बिभिन्न व्यवसायिक संघसंस्थाहरुले हस्ताक्षर संक्रलन कार्यक्रम गरेका हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको संयोजनमा रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ बुटवल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले संयुक्त रुपमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराए ।

उनका अनुसार यो कार्यक्रम २१ गतेसम्म जारी रहने छ । संकलित हस्ताक्षर नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपाल राष्ट्र बैंकलाई बुझाईने छ । नेपाल राष्ट्र  बैंकले जारी गरेको चालु पँुजी मार्गदर्शन तथा बैंक तथा वित्तिय संस्थाहरुको अव्यबहारिक नीतिका कारण उद्योगी व्यवसायीलाई जटिल अवस्थामा पुर्‍याएको उनको भनाई छ । नेपाल राष्ट्र बैंकको नीतिकै कारण बैंक तथा वित्तिय संस्थाहरुले व्याजदर बढाउँदै लैजाँदा उद्योगी व्यवसायी तिर्नै नसक्ने स्थितीमा पुगेका छन् । बुटवलमा मात्रै चार पाँच जना व्यवसायीले आत्महत्या गरिसकेको उनले दावी गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले आज देखि २१ गतेसम्म हस्ताक्षर संकलन गर्ने निर्णय गरेको थियो । सोही अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला नगर उद्योग वाणिज्य संघले हस्ताक्षर संकलन गरिरहेको प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । त्यस्तै १७ गते आईतबार कालो पट्टि बांधेर विरोध प्रर्दशन गर्ने, जनप्रतिनिधि र बैंकका प्रमुखहरुलाई राखेर व्यवसायिक वातावरण नभएसम्म व्यवसायीलाई आतंकित नबनाउन आग्रह गर्ने, १९ गते राष्ट्र बैंक भएका ठाउँमा राष्ट्र बैंक र नभएका ठाउँमा जिल्ला प्रशासन कार्यालयमा कालो पट्टि सहित धर्ना दिने र त्यसबेला सम्म पनि आफूहरुका माग सम्बोधन नभए प्रदेश उद्योग वाणिज्य महासंघसँग समन्वय गरेर काठमाण्डौं केन्द्रित कार्यक्रमको तयारी गर्ने कार्यक्रम तय भएको छ । सोही अनुसार यहाँका उद्योगी व्यवसायीहरु पनि आन्दोलित भएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव विमलराज भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?