ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

गैडहवामा ५ पालिकाको साझेदारीमा २ हजार क्षमताको गौशाला बन्ने

गौशालाका पहलकर्ता संघीय सांसद बासुदेव घिमिरे भन्छन् : लुम्बिनीसंग जोडेर नमूना धार्मिक पर्यटकीय स्थल र कम्पोष्ट मल कारखाना बनाउनेसम्मका योजना छन् ।
१२ पुष २०७९, मंगलवार
१२ पुष २०७९, मंगलवार

 

बुटवल, १२ पुस । छाडा पशु चौपाया व्यवस्थापनका लागि रुपन्ददेही गैडहवामा अन्तरपालिका साझेदारीमा २ हजार गाई राख्न मिल्ने गौशाला बनाउने तयारी थालिएको छ । रुपन्देही क्षेत्र नं ५ का सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिका तथा गैडहवा, कञ्चन र मायादेवी गाउंपालिकाको साझेदारी र लुम्बिनी विकास कोषको समेत सहयोगमा गैडहवामा एक सय ८० बिघा क्षेत्रफलमा गौशाला बनाउने निर्णय भएको हो ।
गैडहवा गाउंपालिकाले गौरवको योजनाका रुपमा अघि बढाएको गैडहवा तालको दक्षिणतर्फको पहवा मण्ठाधारीबाबा सामुदायिक वन क्षेत्रमा ‘लुम्बिनी गौशाला’ बनाउने गरी पांच स्थानीय तहका प्रमुख÷अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, लुम्बिनी विकास कोषका उपाध्यक्ष र रुपन्देही ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेको संयक्त वैठकले निर्णय गरेको कोेषका उपाध्यक्ष अवधेश त्रिपाठीले बताए । छाडा पशु चौपायाका कारण अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी र समग्र ५ नं. क्षेत्रमा सडक दुर्घटना, कृषकको बालीनालीको क्षति र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयले वर्षौंदेखि भोग्दै आएका थिए ।
स्थानीयले नवनिर्वाचित सांसदलाई गौशालाको माग गरेपछि सांसद घिमिरेको पहलमा पांचवटै पालिकासंग समन्वय गरी व्यवस्थित गौशाला निर्माणको काम अघि बढेको गैडहवाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।
पहिलो चरणमा लुम्बिनी विकास कोषले ५० वटा गाई राख्न मिल्ने सेड र पशु उपचार केन्द्र स्थापना गरिदिने सहमति भएको पौडेलले बताए ।
गौशालालाई बुद्ध जन्मस्थल लुम्बिनी, प्रदेशकै ठूलो गैडहवा तालसंग जोडेर पर्यटकीय दृष्टिले विकास गरिने योजना रहेको सांसद घिमिरेल बताए ।

‘पहिलोचरणमा सबै पालिकाले १५–२० लाखका दरले रकम संकलन गरेर काम अघि बढाउने र क्रमशः प्रदेश र संघीय सरकारसंग पनि वजेट माग गर्ने निर्णय भएको छ’–सांसद घिमिरेले भने–‘गौशालालाई लुम्बिनीसंग जोडेर नमूना धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने र गोबरबाट कम्पोष्ट मल कारखाना बनाउनेसम्मका योजना छन् ।’
गौशाला बन्ने ठाउं नजिकै गिद्धहरुको बासस्थान (जटायु रेष्टुरेन्ट) समेत रहेकाले गौशालामा कालगतीले गाईको मृत्यु हुदा जटायु रेष्टुरेन्टमा पु¥याउर व्यवस्थापन गरेपछि गिद्धको आहारा हुने र यसले इको सिस्टममा योगदान पुराउने सांसद घिमिरेले बताए ।
किसानलाई मलको अभाव खड्किरहेको सन्दर्भमा गौशालाले मलको अभाव पुर्ति गर्न समेत योगदान गर्ने सांसद घिमिरेले बताए ।
जिल्ला प्रशासन कार्यालयसंगको वैठकबाट कानुनी प्रकृया पुरा गरी गौशालाको काम अघि बढाउन गैडहवा गाउंपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल संयोजक रहेको ११ सदस्यीय समिति गठन भएको छ । समितिमा पांचवटै पालिकाका प्रमुख÷अध्यक्ष वा उपप्रमुख÷उपाध्यक्ष एक–एक जना, सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, लुम्बिनी विकास कोषबाट एकजना र सामुदायिक वनबाट एकजना प्रतिनिधि रहने समिति गठन गरिएको गैडहवाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले जानकारी दिए । डीपीआर तयार भएपछि वजेट कति लाग्छ भन्ने थाहा हुने उनले बताए । छाडा पशु चौपाया व्यवस्थापनमा अन्तरपालिका साझेदारीमा संयुक्त गौशाला निर्माण अन्य पालिकाहरुका लागि पनि उदाहरण हुने पन्थीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?