ट्रेंडिंग:

>> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

सडकबाट झिकियो भुसको खरानी

१२ आश्विन २०७५, शुक्रबार
१२ आश्विन २०७५, शुक्रबार

जिल्ला सदरमुकाम विकास कार्यक्रम अन्तर्गत निर्माणाधिन सडकमा प्रयोग गरिएको भुसको खरानी हटाइएको छ । सडक पुनः भुसको खरानी प्रयोग भएको समाचार बुटवल टुडेमा प्रकाशित भएपछि सरोकारवालाको दबाबले ठेकेदारले सो खरानी बिहीवार झिकेको हो ।
सदरमुकामकै सडकमा ठेकेदारले मनोमानी गरिहरेको प्रति जिससका उपप्रमुख अब्दुल रहमान चुरिहार र इन्जिनियर उमेश शर्माले स्थलगत अनुगमन गरेका थिए । त्यसबारे शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरका प्राविधिकलाई जानकारी गराएका थिए । समाचार प्रकाशित भएपछि प्रजिअ लगायत नागरिक समाजको समेत ध्यानाकर्षण भए पछि बाध्य भएर ठेकेदारले खरानी फालेको हो । कमसल इट प्रयोग गर्दै ढल निर्माण गरेको विरोध हँुदै गर्दा सडक निर्माण गर्ने कम्पनीले सडक पुनः चिउरा मिलको भुसको खरानी प्रयोग गरेको थियो । जिल्ला स्थित अनुगमन गर्ने निकाय सबैलाई चुनौती दिदै निर्माण कम्पनीले कमसल समाग्रिको प्रयोग गर्दा नियमनकारी निकाय निरिह बनी अनुगमन समेत गरेका थिएनन् । अहिले चौतर्फि दबाब बढेपछि नियमनकारी निकाय पनि सक्रिय भएको इन्जिनियर शर्माले बताए । यता अब कुनैपनि विकास निर्माणका कार्यको स्थलगत अध्ययन गर्ने उपप्रमुख चुरिहारले जनाए ।
ठेकेदारले ठेक्का लिएपनि काम ढिलो शुरु गरेको उतm निर्माण कम्पनीलाई जिल्ला प्रशासन कार्यालयले बोलाएर काम शुरु गर्न लगाएको थियो । तर काम शुरु गरे पनि कम्पनीले सेम इटको प्रयोग गर्ने र अहिले सडक पुर्नका लागि खरानी प्रयोग गर्न थालेको थियो । विरोध गरे काम बन्द गर्ने धम्कि दिदा अनुगमन गर्ने निकाय पनि मौन रहेका थिए । झरही खोलाÞ—मंझरिया,बाईपास (रामग्राम) चोक तथा पार्क सडकसम्मको सडक,पेटी तथा नाली निर्माण आयोजनाको काम गौरी पार्वती निर्माण सेवा प्रा.लि. काठमाडौले ठेक्का लिई काम गर्दै आएको छ । भ्याट र कन्टिजेन्सि बाहेक योजनाको लागत १६ करोड ९४ लाख ४१ ह्जार १ सय २२ रुपियाँ रहेको छ । काम गराउने जिम्मेवारी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले लिएको छ ।
२०७४ माघ २ गतेदेखि अयोजना शुरु मिति रहेको र आयोजना सम्पन्न गर्ने मिति २०७६ साउन १ गतेसम्म रहेको छ । माघ देखि आयोजनाको काम सुरु गर्न सम्झौता भए पनि साउन देखि मात्र काम सुरु भएको छ । तत्कालिन अर्थमन्त्री विष्णु पौडेल हँुदा मधेशका सदरमुकाम विकासका लागि चार बर्षसम्म ५० करोडको दरले बजेट उपलब्ध गराउने गरि योजना ल्याएका थिए । सोही अनुरूप भवन डिभिजन कार्यालयले टेण्डर मार्फत काम गराउने कार्य शुरु गरेको हो । कुल आयोजनाको ३ प्रतिसतसम्म कन्टिजेन्सी सम्बन्धित कार्यालयका प्राविधिकले पाउने भए पनि काम गराउने स्थलमा केही पनि डिभिजन कार्यालयका प्रतिनिधि उपस्थित नहँुदा पनि ठेकेदारको मनोमानी बढेको स्थानीयको भनाई छ । आयोजना सम्पन्न गराउनकै लागि यो मात्रै आयोजनामा डिभिजन कार्यालयका प्राविधिकले झन्डै ५० लाख कन्टिजेन्सि रकम लिइने तर कार्य स्थलमा एउटा समान्य प्राविधिक पनि नियमन गर्न आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?