© २०२३
२ सय ४५ मेगावाट क्षमताको नौमुरे जलविद्युतको काम सुरु भएको छ । सरकारले बजेट भाषणमा सम्बोधनस“गै विद्युत विकास विभागले काम गर्न थालेको छ ।
वि.सं.२०४४ सालमा तत्कालिन सरकारले खटाएको विशेषज्ञ टोलीले २ सय ४५ मेगावाट क्षमताको जलविद्युत निकाल्न सकिने प्रतिवेदन बुझाएपछि तीन वर्षसम्म काम भएको भएको थियो ।
प्युठानको सीमाना जाबुनेस“ग जोडिएको अर्घाखा“ची शीतगंगा नगरपालिकाको जलुकेमा नौमुरे पर्छ । बारम्बार नौमुरेको कुरा उठेपनि सञ्चालन हुन सकेको थिएन ।
अहिलेसम्म दलका नेतालाई गतिलो चुनावी नारा संघीय संरचनापछिसम्म बन्यो ।
उर्जा विकासमा प्रत्येक सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाइने सरकारले अघि सारेको कार्यक्रम अन्तरगत प्रदेश ५ को नौमुरे जलविद्युतलाई अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा सम्बोधन गरेका थिए । यस अघिका अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलले पनि बजेट भाषणमा सम्बोधन गरेका थिए । तर, काम शुरु हुन सकेन । नौमुरे सञ्चालनपछि विद्युतस“गै प्रदेश ५ को तराइमा सिंचाई सुबिधा र पर्यटकको गन्तव्य थपिने छ । महिना दिनयता सम्भाव्यता तथा वातावरण अध्ययनको काम भैरहेको विभागका सिनियर डिभिजन इन्जिनियर गोपीप्रसाद शाहले बताए । आउ“दो असारसम्म अध्ययनको काम सकिन्छ । त्यसपछि थप काम शुरु हुन्छ । पुरानोे संरचनालाई नया“ ढंगबाट निर्माणको काम गरिने भएको हो ।
०४४ सालमै अध्ययन सम्पन्न गरेर बा“ध निर्माण भएको थियो । हेलिकप्टरबाट मेसिन ल्याएर खाडलसम्म खनिएको थियो । तीन वर्षसम्म काम गर्दा ड्याम निर्माण गरिएको थियो । त्यो संरचना जीर्ण भएकाले काम लाग्दैन । अध्ययन सम्पन्न सकिएपछि सञ्चालनको लागि आर्थिक स्रोत जुटाएर ड्याम निर्माणको काम शुरु गरिने उनले बताए । नौमुरे जलविद्युत सञ्चालनको लागि ७५ अर्ब खर्च लाग्ने अनुमान रहेको शाहले बताए । सिचाइ“को लागि कुलो र पर्यटकीय स्थलको लागि ताल निर्मँण गर्दा थप बजेट आवश्यक पर्ने छ । अहिले एक सय ८० मिटर उचाइमा बा“ध बा“धेर विद्युत उत्पादन गर्न सकिने लक्ष्य छ ।
नौमुरे सम्पन्न गर्न दसकै अवधि लाग्नेछ । सुचारु भएपछि देसमा उर्जा संकटलाई ठूलो टेवा दिने आशा गरिएको छ । अलपत्र परियोजना सञ्चालन गर्न सरकार फेरिनासाथ जिल्लास्थित सबै राजनीतिक दलका नेता प्रधानमन्त्री, उर्जामन्त्री सहित पार्टीका शीर्ष नेतालाई सञ्चालन गरिदिन बारम्बार डेलिकेशन गएका थिए । जिल्लाबाट निर्वाचित सांसद र नेताले सरकारलाई वर्षेनी घचघचाई रहे ।
हरप्रयासपछि वेबारिसे जस्तै भएको जलविद्युत सञ्चालनको लागि काम शुरु भएको छ, प्रदेस सांसद एवं नेकपाका नेता चेतनारायण आचार्यले भने, यो बहुआयामिक परियोजना हो । यसले प्रदेस ५ र देशलाई ठुलो मद्दत पु¥याउ“छ । २ सय ४५ मेगवाट उतिबेला प्रतिवेदन निकालिएपछि क्षमता अझै वृद्धि हुनसक्ने आशा गरिएको छ । परियोजनाले विद्युत, सिचाइ“ र पर्यटन विस्तारमा कायापलट ल्याउ“छ, उनले भने । यहा“को पानी कपिलवस्तु र दाङका खेतमा सिचाइ“ पु¥याइने छ । दुवै जिल्लाका खेतमा आकाशे पानीको भरमा धान रोपाइ“ भैरहेको छ, ती खेतमा नौमुरेका पानी लगेपछि अन्न उत्पादन वृद्धि हुने र व्यावसायी तरकारी लगायत कृषि, पशु फार्म सञ्चालन गर्न संभव हुन्छ, उनले भने । रोजगार खोज्दै विदेशिने युवाको संख्या घट्छ । पहाडको पानी तराई ल्याएर अन्न भण्डारको रूपमा उत्पादन वृद्धि गर्ने लक्ष्य रहेको उनले बताए । नौमुरे तलपट्टी लामातालसम्म ५ किमी दुरुमा जलासाय निर्माण हुन्छ, त्यहा“ राम्रो पर्यटकीय स्थल बन्छ, उनले भने ।
लामातालमा अहिले पनि घुम्न आन्तरिक पर्यटक छिटफुट जान्छन । नौमुरबाट दाङको भालुवाङसम्म मोटरबाटो पनि निर्माण भैरहेको छ । बहुआयामिक परियोजना भएकाले विकासमा कायापलट ल्याउने आचार्यले दावी गरे । परियोजना नेपाल सरकारकै लगानीमा निर्माण सम्पन्न हुने उनले बताए । प्राविधिक र कर्मचारी फिल्डमै आएर काम गर्न थालेपछि नौमुरे सञ्चालन हुनेमा आशा पलाएको तत्कालिन विद्युत उपभोक्ता समितिका अध्यक्ष एवं स्थानीय पीताम्बर शारुले बताए ।